गान्तोक, 18 सेप्टेम्बर (हि.स.)। राजधानीको रिज पार्कस्थित उत्सव प्लाजा, स्वर्ण जयन्ती मैत्री मञ्जरीमा बुधवार आयोजित कार्यक्रममा सेवा पखवाडा 2025 को शुभारम्भ गरियो। कार्यक्रममा राज्यपाल ओमप्रकाश माथुर मुख्य अतिथि र मुख्यमन्त्री प्रेमसिंह तामाङ विशिष्ट अतिथि थिए। यस अवसरमा मन्त्रीगण, विधायकगण, वरिष्ठ अधिकारीहरू, लाभार्थीहरू र अन्यहरू उपस्थित थिए।
राज्यपाल माथुरले सेवा पखवडा 2025 औपचारिक रूपमा शुरू भएको घोषणा गरे। उनले सेवालाई जन आन्दोलन बनाउने राज्यवासीहरूलाई आह्वान विकसित भारतको संकल्पलाई साकार रुप प्रदान गर्न सक्रिय सहभागितामाथि जोड दिए। उनले 25 सेप्टेम्बर, 2025 बिहान 8 बजी आयोजना गरिने 'एक दिन, एक घण्टा, एक साथ श्रमदान' कार्यक्रममा सहभागिताको लागि पनि आग्रह गरे।
राज्यपालले आफ्नो सम्बोधनमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई जन्मदिनको शुभकामना दिॅंदै भने, 'माननीय प्रधानमन्त्री श्री नरेन्द्र मोदी जीको जीवन सेवाको आदर्श हो। उहॉंले लोकहितलाई सर्वोपरि राख्दै विश्वलाई योग दिवसको उपहार दिए। सेवा पखवाडा उहॉंको स्वच्छ, स्वस्थ्य र सशक्त भारतको संकल्पलाई जन जनसम्म पुऱ्याउने माध्यम हो। सिक्किम आज स्वच्छताको दिशामा एक अनुकरणीय राज्य बनेर देशको लागि प्रेरणाको स्रोत बनिरहेको छ।'
कार्यक्रममा राज्यपालले उपस्थित जनसमूहलाई स्वच्छता शपथ ग्रहण गराएका थिए, जसमा सहभागीहरूले स्वच्छतालाई जीवनशैलीको अभिन्न अंग बनाउन संकल्प लिए। कार्यक्रममा राज्य सरकारका विभिन्न विभागहरूद्वारा समाजका विभिन्न वर्गहरूलाई लाभ प्रदान गरियो, जुन राज्यपालको बाहुलीद्वारा वितरित गरियो।
कार्यक्रममा मातृशक्तिलाई समर्पित 'स्वस्थ नारी, सशक्त परिवार' विषयमाथि प्रधानमन्त्री नरेन्द्र मोदीसॅंग एक भर्चुअल संवाद पनि आयोजना गरिएको थियो, जसमा राज्यपालसहित उपस्थित गणमान्य व्यक्तिहरू सहभागी बने।
हिन्दुस्थान समाचार / बिशाल