युवकको शव भेटियो, परिवारले लगायो हत्याको आरोप
युवकको शव भेटियो, परिवारले लगायो हत्याको आरोप


सिलगढ़ी, 18 सेप्टेम्बर (हि.स)। सिलगढ़ी महकुमाको फाँसीदेवाबाट गए बुधवारदेखि बेपत्ता भएको युवकको शव भेटियो। मृतकको नाम धनञ्जय मल्लिक हो जो पूर्व दुदियाजोतमा बस्थे। विश्वकर्मा पूजाको राति पत्नी र नानीहरूलाई प्रसाद दिएर धनञ्जय घरबाट हिँड़ेका थिए। त्यसपछि घर नफर्केका धनञ्जयलाई परिवारले सबैतिर खोज तलास गऱ्यो।

धनञ्जयलाई बिहीवार सैलानीजोत क्षेत्रस्थित एउटा घर नजिकै देखियो। खबर पाएर फाँसीदेवा थानाको पुलिस घटनास्थलमा पुग्यो। त्यसपछि उसलाई उद्धार गरी फाँसीदेवा ग्रामीण अस्पतालमा ल्याइयो जहाँ ड्यूटीमा तैनाथ डाक्टरले तिनलाई मृत घोषित गरिदिए। मृतकका भाइ शंकर मल्लिकले भने, दाज्यु हिजो राति भाउज्युलाई प्रसाद दिएर घरबाट गएका थिए। त्यसपछि फर्केर आएनन्। बिहीवार बिहान स्थानीय मानिसहरूले उनलाई सैलानीजोत क्षेत्रमा एउटा घर नजिक देखे। दाज्युको मोबाइल पनि केही पर भेटिएको थियो। उनको हत्या गरिएको हो।

यता पुलिसले शवलाई कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि उत्तर बंगाल मेडिकल कलेज एवं अस्पतालमा पठाइदिएको छ। पुलिसले अस्वभाविक मृत्युको मामिला दर्ता गरी मृत्युको कारण पत्तो लगाउने चेष्टा गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande