गौतमबुद्ध नगर, 18 सेप्टेम्बर (हि.स.)। उत्तर प्रदेशको गौतमबुद्ध नगर जिल्लामा थाना ईकोटेक 3 मा एक व्यक्तिले रिपोर्ट दर्ता गराएको छ कि उसको छिमेकीले उसकी छोरीसित मित्रता गरी उसको अश्लील भीडियो बनायो तथा त्यसलाई सोशल मीडियामा भाइरल गरी छोरीलाई बदनाम गरिरहेको छ।
थाना ईकोटेक 3 का प्रभारी अजय कुमार सिंहले बताए, बुधवार राति कुलेसरा निवासी एक व्यक्तिले थानामा रिपोर्ट दर्ता गराएका छन् कि उनको छिमेकी कुलदीप पुत्र राजकुमार उनको घर आउने-जाने गर्थ्यो। उसले उनकी 19 वर्षीय छोरीसित मित्रता गऱ्यो र फेरि शारीरिक शोषण गऱ्यो र पछि भीडियो बनायो। उक्त भीडियोलाई भाइरल गर्ने धम्की दिएर उसले छोरीलाई ब्ल्याकमेल गर्थ्यो।
पीड़ित अनुसार, 15 दिन अगाड़ी आरोपीले भीडियो बनाएको हो। यसले गर्दा उनकी छोरीको धेरै बदनामी भइरहेको छ। आरोपीले धेरै जनालाई भीडियो पठाएको छ। यस मामिलामा रिपोर्ट दर्ता गरी पुलिसले मामिलाको जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी