नयाँ दिल्ली, 18 सेप्टेम्बर (हि.स.)। केन्द्रिय वन एवं पर्यावरण मन्त्री भूपेन्द्र यादव र दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताको उपस्थितिमा 70 भन्दा अधिक देशका 75 राजदूत, उच्चायुक्तहरू र मिशन प्रमुखहरूले बिहिवार एउटा रूख आमाको नाम अभियान अन्तर्गत आफ्नी आमाको नाममा पौधारोपण गरे। प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिनमा शुरू भएको सेवा पखवाड़ा अन्तर्गत दिल्लीको पीबीजी ग्राउण्डमा यो वृक्षारोपणको कार्यक्रम आयोजित गरियो। यस अवसरमा दिल्लीका पर्यावरण मन्त्री मनजिन्दर सिंह सिरसा पनि उपस्थित रहे।
मुख्यमन्त्री रेखा गुप्ताले पत्रकारहरूलाई बताइन्, 70 देशका राजनयिकहरूले आफ्ना आमाहरूको नाममा दिल्लीको धरतीमा बिरूवा रोपे। यसले देखाउँछ, आमाको सम्बन्ध न भाषाले बाँधिएको छ न त सीमाले। आमाको नाम लिए यो पूरा धरती नै एक हुन्छ। प्रधानमन्त्री मोदीको जन्मदिनमा शुरू भएको सेवा पखवाड़ा अन्तर्गत “एउटा रूख आमाको नाम 2.0” अभियानले न केवल पर्यावरण संरक्षणको सन्देश दिँदछ तर आमा र धरती माँ दुवैप्रति हाम्रो कृतज्ञताको प्रतीक पनि हो। दिल्ली सरकार यस साल 70 लाख रूख लगाउने संकल्पको साथ अगाड़ी बढ़िरहेको छ। उनले सबैसित आफ्नो आमाको नाममा एउटा रूख अवश्य रोप्ने आग्रह गरिन्।
हिन्दुस्थान समाचार / भवानी थामी