नयाँ दिल्ली, 18 सेप्टेम्बर (हि.स.)। कांग्रेसका पूर्व अध्य़क्ष एवं लोकसभामा विपक्षका नेता राहुल गान्धीले एक पल्ट फेरि ‘भोट चोरी’ को मामिला उठाउँदै चुनाउ आयोगलाई लक्षित गरेका छन्। उनले कर्नाटकको आलन्द विधानसभा क्षेत्रमा 6,018 मतदाताहरूको नाम हटाइएको आरोप लगाए। उनले भने, यो सब एक संगठित षड़यन्त्रको हिस्सा हो, जसमा कांग्रेस समर्थक भोटरहरूको नाम नै लक्षित गरिँदैछ।
राहुल गान्धीले आज यहाँ कांग्रेस मुख्यालयमा संवाददाता सम्मेलनमा भने, मतदाता सूचीबाट नाम काँट्ने प्रक्रिया व्यापक स्तरमा र सेन्ट्रलाइज तरीकाले भइरहेको छ। आलन्द विधानसभा क्षेत्रमा कांग्रेस समर्थक मतदाताहरूलाई लक्षित गरी उनीहरूको नाम मतदाता सूचीबाट काँटियो। उनले दाबी गरे, अहिलेसम्म 6,018 मतदाताहरूको नाम हटाइएको मामिला अघि आएको छ, यद्यपि, यो संख्या अझ् पनि ठूलो हुनसक्छ। यो ‘भोट चोरी’ को मामिला तब संयोगवश समातियो जब एक बूथ स्तरीय अधिकारी (बीएलओ) को आफन्तको नाम सूचीमा भेटिएन। जब यसको छानबीन गरियो तब पाइयो कि यो प्रक्रिया कुनै तेस्रो पक्षद्वारा गरिँदैछ र यसको संचालन अटोमेटेड सफ्टवेयरबाट गरिँदैछ। यस प्रक्रियामा जुन व्यक्तिको नाम सूचीबाट हटाइयो, जाँचमा उसको छिमेकीकै नाम अघि आयो।
कांग्रेस नेता राहुल गान्धीले भने, बीएलओले जब छिमेकीलाई साध्यो तब उसले नाम हटाइएको कुरालाई खारेज गऱ्यो। यसपछि जाँचमा यो तथ्य अघि आयो कि सूचीबाट नाम हटाउने प्रक्रिया अनलाइन अटोमेटेड प्रोसेसबाट गरियो र जुन मोबाइल नम्बरबाट यो कार्य भयो, त्यो कर्नाटक बाहिरको थियो। यो अत्यन्तै गम्भीर प्रश्न हो कि जुन नम्बरहरूबाट मतदाता सूचीबाट नाम हटाइयो, त्यो नम्बर कसको हो, कहाँबाट अपरेट गरिँदैछ र त्यसको आईपी एड्रेस के हो। साथै नाम हटाउने प्रक्रियामा ओटीपी कसकोमा गयो र जब ती नम्बरहरूमा कल गरियो तब कसैले जवाफ दिएन।
उनले यसको निम्ति धेरैको नाम पेश पनि गरे। सबैभन्दा पहिलो मामिला गोदाबाई नामकी महिलाको थियो, जसको नाममा 12 जनाको नाम हटाउने मामिलामा अघि आयो जबकि गोदाबाईलाई यसको कुनै जानकारी थिएन। उनले भने, यो सब कसको मिलीभगतले भयो। दोस्रो मामिला सूर्यकान्त नामक व्यक्तिसित जोड़िएको थियो, जसको नामबाट 12 मतदाताको नाम केवल 14 मिनटमा हटाइयो तर जब उनलाई सोधियो तब उनले स्पष्ट पारे कि उनलाई यसको कुनै जानकारी छैन। तेस्रो मामिला नागराजसित जोड़िएको थियो। यस उदाहरणले बताउँछ, पूरा सिस्टम सफ्टवेयरको माध्यमले संचालित भइऱहेको छ।
नेता प्रतिपक्ष राहुलले भने, भोटर लिस्टबाट नाम काँट्न सफ्टवेयरको माध्यमले पहिलो नामलाई टारगेट गरिँदैछ, जुन 10 बूथमा कांग्रेसको स्थिति मजबूत थियो, त्यहाँ व्यापक स्तरमा नाम काँटियो। वर्ष 2018 को चुनाउमा यी 10 बूथमध्ये 8 बूथमा कांग्रेसले जित दर्ता गरेको थियो तर यस पाली 6 हजार भोटरहरूको नाम हटाइयो। यो सब एक संगठित षड़यन्त्रको हिस्सा हो, जसमा कांग्रेस समर्थक भोटरहरूलाई नै लक्षित गरिएको छ। नाम काँट्ने त्यो ‘तेस्रो व्यक्ति’ को हो ? जसले सेन्ट्रलाइज तरीकाले अलग-अलग राज्यहरूबाट भोटर लिस्टमा हेरफेर गरिरहेको छ। यही प्रक्रिया उत्तर प्रदेश, हरियाणा, बिहार र महाराष्ट्रमा पनि अपनाइएको छ। यो केवल आलन्दसम्म सीमित नभएर विभिन्न निर्वाचन क्षेत्रहरूमा योजनाबद्ध तरीकाले कांग्रेसका भोटरहरूलाई लक्षित गरेर भोटर लिस्टबाट नाम काँटिएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी