नयाँ दिल्ली, 18 सेप्टेम्बर (हि.स.)। भारत सरकारले पाकिस्तान र सऊदी अरबबीच भएको रणनीतिक रक्षा समझौताको राष्ट्रिय सुरक्षामाथि पर्ने प्रभावहरू र यसको क्षेत्रीय एवं वैश्विक स्थिरतामाथि पर्ने असरको अध्ययन गरिने बताएको छ।
विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले बिहिवार मीडियाको प्रश्नहरूको जवाफ दिँदै भने, भारत सरकार राष्ट्रिय हितहरू र सबै क्षेत्रहरूसित जोड़िएको व्यापक राष्ट्रिय सुरक्षा सुनिश्चित गर्न पूर्ण रूपमा प्रतिबद्ध छ। हामीले सऊदी अरब र पाकिस्तानबीच एक रणनीतिक पारस्परिक रक्षा समझौतामा हस्ताक्षर सम्बन्धी खबरहरू देखेका छौं। सरकारलाई यस विषयमा जानकारी थियो। यो घटनाक्रम पहिलेदेखि विचाराधीन थियो। जसमा दुवै देशबीच दीर्घकालिक समझौतालाई औपचारिक रूपमा दिइनुथियो।
हिन्दुस्थान समाचार / भवानी थामी