चीनीयाँ मन्जा पूर्व सैनिकको मृत्यु, एघार जना समातिए
चीनीयाँ मन्जा पूर्व सैनिकको मृत्यु, एघार जना समातिए


ब्यारेकपुर, 18 सेप्टेम्बर (हि.स.)। विश्वकर्मा पूजाको दिन भएको चंगा उड़ाउने आयोजन अवधि कल्याणी एक्सप्रेसवेमा खड़दह नजिक एक जना पूर्व सैनिकको चीनीयाँ मन्जाको चपेटमा परी मृत्यु भयो। मञ्जाले गला काटेपछि अत्यधिक रक्तश्राव भएको कारण उनको मृत्यु भएको हो। स्थानीय मानिसहरूले उनलाई तुरून्त बन्दीपुर अस्पतालमा पुऱ्याँ जहाँ डाक्टरहरूले तिनलाई मृत घोषित गरिदिए।

घटनापछि ब्यारेकपुर पुलिस कमिश्नरेटले कड़ा कदम उठाउँदै गए राति विभिन्न थाना क्षेत्रहरूमा विशेष अभियान संचालन गरी एघार जना मानिसहरूलाई पक्राउ गरेको छ। आरोपीहरूलाई विभिन्न थानाको सम्मिलित प्रयासद्वारा विशेष अभियान संचालन गरी पक्राउ गरिएको हो। यस अभियानमा खड़दह थाना पुलिसले पाँच जना आरोपीहरूलाई पक्राउ गऱ्यो भने न्यू ब्यारेकपुर थाना पुलिसले चार जनालाई हिरासतमा लियो। यसरी नै महोनपुर थाना पुलिसले दुई जनालाई पक्राउ गऱ्यो भने टिटागढ थाना पुलिसले एक जना आरोपीलाई समात्यो।

यीसबै आरोपीहरूबाट भारी मात्रामा प्रतिबन्धित चीनीयाँ मन्जा र त्योसित सम्बन्धित सामग्री जफत गरियो। सबै आरोपीहरूलाई ब्यारेकपुर अदालतमा पेश गरिनेछ। पुलिस सूत्रले स्पष्ट पारेको छ, चीनीयाँ मन्जाको अवैध कारबारमाथि रोक लगाउनको लागि अभियान संचालन गरिँदैछ। प्रतिबन्ध हुँदाहुँदै पनि यसको खुल्ला बिक्री र उपयोग आम नागरिकहरूको सुरक्षाको लागि गम्भीर खतरा बनिसकेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande