कोलकाता, 18 सेप्टेम्बर (हि.स.)। पश्चिम मेदिनीपुरमा एक फास्टफूड सेन्टर र होटलको आड़मा अवैध देह व्यापार र रक्सीको कारोबार चलाइँदैथियो। बुधवार राति यसको पर्दाफास भएपछि गाउँलेहरूले जोडदार विरोध प्रदर्शन गरे। मामिला बेलदा थाना अन्तर्गत गंगा जमुना (केशियरी-बेलदा मुख्य सड़क) स्थित ‘मा शीतला फास्टफूड सेन्टर र होटल’ को हो।
गाउँलेहरूले बताए, होटल मालिक अमल राउतले गत दुईदेखि तीन सालदेखि यहाँ यो धन्धा चलाइऱहेको थियो। बाहिरबाट केटीहरूलाई बोलाएर देह व्यापार गराइँथ्यो र साथै भारी मात्रामा अवैध रस्की बिक्री गरिन्थ्यो। स्थानीय मानिसहरूले धेरै चोटि होटल मालिकलाई यो गैरकानूनी कारोबार बन्द गर्ने चेताउनी दिएका थिए तर उसले कुनै ध्यान दिएन।
बुधवार राति आक्रोशित गाउँलेहरूले होटल सामू जमेर विऱोध प्रदर्शन गरे र तुरन्तै कारबाहीको माग गरे। यसपछि बेलदा पुलिसले घटनास्थलको छापामारी गऱ्यो। पुलिसले होटलबाट भारी मात्रामा विदेशी रक्सी जफत गऱ्यो र होटल मालिककी पत्नीलाई पक्राउ गऱ्यो।
यस खुलासाबाट क्षेत्रका मानिसहरू हैरान र रुष्ट छन्। उनीहरूको भनाई छ, यति लामो समयदेखि वरपर यो अवैध कारोबार चलिरह्यो तर प्रशासनको नजर परेन। गाउँलेहरूले कठोर कारबाहीको माग गर्दै स्पष्ट पारे कि अब उनीहरूले आफ्नो क्षेत्रमा यस प्रकारको गतिविधिहरूलाई सहन गर्नेछैनन्।
हिन्दुस्थान समाचार / भवानी थामी