मुम्बई, 18 सेप्टेम्बर (हि.स.)। महाराष्ट्रको बुलढाणा जिल्लाको मलकापुर निकट नेशनल हाइवेमा बिहिवार भोर बिहान एउटा कार र एउटा ट्रकबीच भएको जोडदार भिड़न्तमा तीन महिलाहरू सहित चार जनाको मृत्यु भयो र 5 जना गम्भीर रूपमा घाइते भए। सबैलाई जिल्ला अस्पतालमा उपचारको निम्ति भर्ती गराइएको छ। यस घटनाको छानबीन मलकापुर पुलिस स्टेशनको टीमले गरिरहेको छ।
यस घटनाको जाँचमा जुटेका पुलिस अधिकारीले बताए, आज भोर बिहान भुसावलदेखि मलकापुरतिर गइरहेको कार अचानक अनियन्त्रित भएर अगाड़ी गइऱहेको ट्रकसित ठोकियो। यस घटनामा कार चालक साजिद अजीज बागवान र 3 महिला समेत कूल चार जनाको घटनास्थलमै मृत्यु भयो। तीनै मृत महिलाहरूको अहिलेसम्म पहिचान हुनसकेको छैन। जबकि 5 जना गम्भीर रूपमा घाइते भएका छन्।
गम्भीर रूपमा घाइते हुनेहरूमा संतोष तेजराव महाले (40), पंकज दिलीप गोपाल (22), दीपिका विश्वास (30) र टीना अजय पाटिल (45) सामेल छन्। एक घाइते महिलाको पहिचान अहिलेसम्म हुन सकेको छैन। यसको सूचना पाउनसाथ एमआईडीसीका पुलिस निरीक्षक हेमराज कोली र उनको टीम घटनास्थलमा पुग्यो। मलकापुर एमआईडीसी पुलिसले घटनाको जाजया लियो र मामिला दर्ता गरी घटनाको छानबीन शुरू गरेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी