नीतीश कुमार अमित शाहको बन्द कोठामा भेट, बिहार चुनाउमा राजग सीट विभाजनमाथि मन्थन
नीतीश


नयाँ दिल्ली, 18 सेप्टेम्बर (हि.स.)। बिहारका मुख्यमन्त्री नीतीश कुमारले बिहिवार पटनाको होटल मौर्यामा केन्द्रिय गृहमन्त्री अमित शाहसित बन्द कमरामा लगभग आधा घण्टासम्म कुरा गरे। आगामी विधानसभा चनाउलाई मध्यनजर गेरेर यो भेट राजनीतिक खेमामा चर्चाको विषय बनेको छ।

सूत्रहरू अनुसार, बैठकमा राष्ट्रिय जनतान्त्रिक गठबन्धन (राजग) मा सीट विभाजन र चुनावी रणनीतिमाथि छलफल भयो। भेटमा जदयू र भाजपाका वरिष्ठ नेता, उपमुख्यमन्त्री सम्राट चौधरी, जदयूका राष्ट्रिय कार्यकारी अध्यक्ष संजय झा, विजय कुमार चौधरी र प्रदेश अध्यक्ष दिलीप जायसवाल उपस्थित रहे।

पटनामा दुवै नेताको भेटपछि गृहमन्त्री आफ्नो तय कार्यक्रम मुताबिक रोहतास जिल्लाको डेहरी अन सोन पुगेका छन्। उनको साथमा दुवै उपमुख्यमन्त्री (विजय सिन्हा-सम्राट चौधरी) र प्रदेश भाजपा अध्यक्ष दिलीप जायसवाल पनि छन्। केही बेरमा उनले शाहाबाद प्रक्षेत्र र मगधका कार्यकर्ताहरूको साथ संवाद गर्नेछन्।

उल्लेख्य, बिहारमा राष्ट्रिय जनतान्त्रिक गठबन्धन (राजग) मा सामेल भाजपा भाजपा, जदयू, हम, लोजपा (रामविलास) र राष्ट्रिय लोक मोर्चाबीच सीट विभाजनलाई लिएर अहिले खूबै चर्चा चलिरहेको छ। धेरै सीटहरूमा सहमति बनाउनु चुनौतीपूर्ण प्रमाणित भइरहेको छ किनभने जीतन राम मांझीले 15-20 सीटको माग गरिरहेका छन् भने चिराग पासवानले जदयूको मजबूत सीटहरूमाथि दाबी गरिरहेका छन्। भाजपाका राष्ट्रिय अध्यक्ष जेपी नड्डा र प्रधानमन्त्री नरेन्द्र मोदीको हालको दौड़ाहपछि अमित शाहको यो दौड़ाह रणनीतिक रूपमा महत्वपूर्ण छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande