भोटलाई अनलाइन हटाउन सकिन्दैन, राहुल गान्धीले बुझ्नमा गल्ती गरे- चुनाउ आयोग
भोटलाई अनलाइन हटाउन सकिन्दैन, राहुल गान्धीले बुझ्नमा गल्ती गरे- चुनाउ आयोग


नयाँ दिल्ली, 18 सेप्टेम्बर (हि.स.)। चुनाउ आयोगले कांग्रेस नेता राहुल गान्धीको आज एक पत्रकार वार्तामा मुख्य चुनाउ आयुक्त ज्ञानेश कुमारमाथि लगाइएको आरोपहरूलाई गलत र बेबुनियाद बताएको छ। आयोगले स्पष्ट पाऱ्यो, बिना सुनवाईको र त्योपनि अनलाइन माध्यमले कसैको पनि नाम मतदाता सूचीबाट हटाउन सकिन्दैन। 2023 मा यस प्रकारको प्रय़ास गरिएको थियो जसमा स्वयं आयोगले प्राथमिकी दर्ता गराएको छ। राहुल गान्धीले आज कांग्रेस मुख्यालयमा पत्रकार वार्तामा आरोप लगाएका छन् कि कर्नाटकको एक विधानसभा क्षेत्रबाट 6 हजारभन्दा अधिक मानिसहरूको भोट हटाइयो।

चुनाउ आयोगले यसमाथि प्रतिक्रिया दिँदै भन्यो, राहुल गानधीको आरोप गलत र निराधार हो। कुनै आम नागरिकले कसैको पनि भोटलाई अनलाइन हटाउनसक्दैन। साथै प्रभावित व्यक्तिलाई सुनवाईको अवसर नदिई पनि भोटलाई हटाउन सकिन्दैन।

राहुलले पत्रकार वार्तामा दिएको उदाहरणमा आयोगले भन्यो, 2023 मा आलन्द विधानसभा क्षेत्रमा मतदाताहरूको नाम हटाउने केही असफल प्रयास गरिएको थियो र मामिलाको जाँचको निम्ति स्वयं चुनाउ आयोगले एक प्राथमिकी दर्ता गराएको थियो। आयोगले यसको पनि उल्लेख गरेको छ कि आलन्द विधानसभा क्षेत्रबाट 2023 मा कांग्रेस नेता बीआर पाटिल (कांग्रे) ले जित हासिल गरेका थिए। यस अगाड़ी 2018 मा त्यहाँ भाजपाका सुभाध गुट्टेदार जितेका थिए।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande