ट्रेन मार्फत अवैध वन्यजीव तस्करी गर्ने प्रयास असफल, 17 वटा कछुवा जफत
ट्रेन मार्फत अवैध वन्यजीव तस्करी गर्ने प्रयास असफल, 17 वटा कछुवा जफत


खड़गपुर, 19 सेप्टेम्बर (हि. स.)। रेलवे सुरक्षा बल (आरपीएफ) खड़गपुर मण्डलले अवैध वन्यजीव तस्करी गर्ने प्रयासलाई असफल बनाउँदै 17 वटा सफ्ट शेल भएका कछुवाहरूलाई जफत गरेको छ। यो कारबाही गए बिहीवार पुख्ता सूचनाको आधारमा गरिएको हो। आरपीएफ पोस्ट बालेश्वर र सीआईबी खड़गपुरको संयुक्त टीमले ट्रेन संख्या (68050 भद्रक–खड़गपुर प्यासेन्जर)- मा अभियान संचालन गऱ्यो।

आरपीएफको पक्षबाट शुक्रवार बताइएको छ, जाँच गर्ने क्रममा खांटापाड़ा–नीलगिरी खण्डमा दुईजना संदिग्ध यात्रीहरूलाई समातियो। जाँच गर्दा उनीहरूको कब्जाबाट 17 वटा जीवित कछुवा जफत गरियो। दुवै आरोपीसित यी कछुवाहरूको परिवहनसित सम्बन्धित कुनै वैध दस्तावेज थिएन।

पक्रा पर्ने आरोपीहरूको पहिचान ओडिशाको बालेश्वर निवासी समा दोलेई (58 वर्ष) औ

जदुआ सिंह (35 वर्ष)- को रूपमा भएको छ। दुवै आरोपीलाई कछुवासितै बालेश्वर रेलवे स्टेशनमा उतारेर आरपीएफ पोस्टमा ल्याइयो। त्यसपछि चाँदपुर वन्यप्राणी रेञ्जका अधिकारीहरूको उपस्थितमा आरोपी र कछुवाहरूलाई वन विभागमा सुम्पिइयो। वन्यजीव संरक्षण अधिनियमको प्रावधान अन्तर्गत अग्रिम कानूनी कारबाही गरिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande