दिल्लीको सेदुलाजाबमा ‘स्वच्छता नै सेवा’ ऱ्यालीमा दुई सयभन्दा अधिक प्रतिभागी सामेल
दिल्लीको सेदुलाजाबमा ‘स्वच्छता नै सेवा’ ऱ्यालीमा दुई सयभन्दा अधिक प्रतिभागी सामेल


नयाँ दिल्ली, 19 सेप्टेम्बर (हि.स.)। दिल्ली नगरनिगमको दक्षिणी जोनले शुक्रवार सैदुलाजाब क्षेत्रमा स्वच्छता औ पर्यावरण जागरूकतालाई प्रोत्साहित गर्नको लागि “स्वच्छता नै सेवा” ऱ्यालीको आयोजनगऱ्यो। यस पहलमा दुई सयभन्दा अधिक मानिसहरूले भाग लिए जसमा ठूलो संख्यामा स्कूलका विद्यार्थी, स्वयंसेवक, आरडब्ल्यूए सदस्य औ निगम अधिकारीहरू सामेल थिए।

साकेत मेट्रो स्टेशनबाट शुरू भएको सो ऱ्याली पर्यावरण कम्प्लेक्स नजिकमा पुगेर समापन भयो। यस अवधि सामुदायिक शौचालय एकाई (सीटीयू)-हरूको सफाई, वृक्षारोपण तथा महरौली–बदरपुर रोडमा मैला-कुचैला उठाउने जस्ता गतिविधि गरियो। क्षेत्रमा मैला-कुचैलालाई हटाउनको लागि केही लोडर र मशिनहरूलाई प्रयोग गरियो। प्रतिभागीहरूलाई पर्यावरण अनुकूल आदतलाई प्रेरणास्वरूप टी-शर्ट, कपड़ाको ब्याग एवं बिरूवाहरू वितरण गरियो।

यस अवसरमा दिल्लीका मेयर राजा इकबाल सिंहले नागरिकहरूसित प्रधानमन्त्री नरेन्द्र मोदीको 75औं जन्मदिनमा आयोजित “सेवा पखवाड़ा”-मा व्यापक रूपमा भाग लिने अनि आ-आफ्नो क्षेत्रलाई स्वच्छ एवं हरियाली राख्ने संकल्प लिने अपील गरे। उनले भने, “दिल्लीलाई स्वच्छ एवं हरियाली राख्ने हाम्रो प्राथमिक कर्तव्य हो र यसको लागि सामूहिक प्रयासको खाँचो छ।।” कार्यक्रममा विधायक करतार सिंह तंवर, दक्षिणी ज़ोन अध्यक्ष उमेद सिंह औ उपायुक्त दिलखुश मीणा पनि उपस्थित थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande