मालदाः मचानबाट झरेर पानीमा डुबेका डेढ़ वर्षीय अबोधको मृत्यु
मालदाः मचानबाट झरेर पानीमा डुबेका डेढ़ वर्षीय अबोधको मृत्यु


मालदा, 19 सेप्टेम्बर (हि.स.)। पश्चिम बंगालको मालदा जिल्लास्थित मानिकचक थाना अन्तर्गत भूतनी द्वीपको गौरांगटलामा शुक्रवार बिहान एक दुःखदायी घटना भयो। मचानमा सुतिरहेका डेढ़ वर्षीय बालक ओछ्यानबाट पल्टिएर जमिएको पानीमा डुब्यो। उसलाई हतार-हतार अस्पताल लगियो, तर डाक्टरहरूले मृत घोषित गरिदिए।

भनिन्छ, ठूलो बाँध भत्किएको कारणले बितेको एक महिनादेखिको भूतनी क्षेत्र जलमग्न भएको छ। बाढ़ी जस्तै स्थितिले गर्दा ग्रामीणहरूले घरभित्रै पानीमाथि मचान बनाएर बसिरहेका छन्। यस्तै मचानमा परिवारका सम्पूर्ण सदस्यहरू सुतिरहेका थिए। गए बिहीवार अबर राती आमा-बुवा निन्द्राबाट ब्युँझिदा बालक सुतिरहेका थिए, तर निन्द्रामै अचानक ओछ्यानबाट पल्टिएर उ पानीमा झऱ्यो।

परिवारले तत्कालै बालकलाई निकटवर्ती स्वास्थ्य केन्द्रमा पुऱ्यायो जहाँ चिकित्सकहरूले उसलाई मृत घोषित गरिदिए। घटनापछि सम्पूर्ण गाउँ शोकमा डुबेको छ।

मृतक बालककी आमा सीमाले बताइन्, तिनी नजिकैको पसलमा गएकी थिइन्। फर्केर आउँदा छोरा पानीमा डुबिकेको थियो। परिवारको आरोप छ, पश्चिम रतनपुरको बाँध भत्किएकोले मानिकचक ब्लकको हीरानन्दपुर पञ्चायतको उत्तर नन्दीटोल गाउँमा पानी पसेको छ, यो नै यस दुर्घटनाको मुख्य कारण हो।

लगातार भइरहेका यस्ता घटनाहरूले प्रशासनको लापरवाहीमाथि प्रश्न तेर्साएका छन्। ग्रामीणहरूको भनाइ छ, जबसम्म जलनिकासीको व्यवस्थामा सुधार आउँदैन तबसम्म यस्तो त्रासदी बारम्बार दोहोरिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande