मुख्यमन्त्री ममता ब्यानर्जीले गायिका सुचित्रा मित्रालाई दिइन् श्रद्धाञ्जली
मुख्यमन्त्री ममता ब्यानर्जीले गायिका सुचित्रा मित्रालाई दिइन् श्रद्धाञ्जली


कोलकाता, 19 सेप्टेम्बर (हि.स.)। मुख्यमन्त्री ममता ब्यानर्जीले महान संगीत साधिका सुचित्रा मित्राको जयन्तीमा उनलाई स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरिन्। उनले आफ्नो सन्देशमा भनिन्, सुचित्रा मित्राको योकदान रवीन्द्र संगीतको दुनियाँ दसैव अमर रहनेछ।

ममता ब्यानर्जीले शुक्रवार ट्वीट गरी लेखिन्, विशिष्ट संगीतशिल्पी सुचित्रा मित्राको जयन्तीमा म उनलाई आफ्नो अन्तरको श्रद्धा एवं प्रणाम अर्पण गर्दछु। रवीन्द्र संगीतको क्षेत्रमा उनको योगदान चिरस्मरणीय छ।

स्मरण गराइन्छ, सुचित्रा मित्राले आफ्नो लामो करियरमा रवीन्द्र संगीतलाई नयाँ उचाईँमा पुऱ्याएकी थिइन्। उनको गायिकीले बंगाल मात्र नभएर सम्पूर्ण देश अनि विदेशमा पनि श्रोताहरूको हृदयलाई छोयो। उनको कला एवं साधनालाई संगीत प्रेमीहरूले आज पनि आदरपूर्वक स्मरण गर्दछन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande