कोलकाता, 19 सेप्टेम्बर (हि.स.)। पूजाको महीना शुरू भइसकेको छ, तर बंगालको खा़ड़ीमा सक्रिय चक्रवातीय परिसंचरणको कारणले राज्यमा वर्षाको श्रृंखला रोकिएको छैन। केही दिनपूर्व समुद्रमा निर्मित चक्रवातीय परिसंचरणको प्रभाव अहिले पनि पूर्वी बिहार लगायत वरपरका क्षेत्रमा यथावत छ। फलस्वरूप बंगालको खाड़ीबाट लगातार नमीलाई तानेर जमीनमा फालिरहेको छ। यसले गर्दा उत्तर बंगालमा भारीभन्दा अति भारी वर्षा हुने सम्भावना कायम छ। यसरी नै दक्षिण बंगालमा मेघ गर्जनसितै हल्कादेखि मध्यम वर्षा हुनसक्छ।
मौसम विभाग अनुसार शुक्रवार जलपाईगुड़ी र अलिपुरद्वारमा पनि घना वर्षा हुनसक्छ। शनिवार दार्जीलिङ, कालेबुङ, कुचबिहार, जलपाईगुड़ी तथा अलिपुर जिल्लामा घना वर्षा हुने सम्भावना व्यक्त गरिएको छ। उत्तर बंगालका केही भागहरूमा मेघ गर्जनसितै वर्षा हुने सम्भावना छ।
अर्कोतिर दक्षिण बंगालमा शुक्रवार पूर्व बर्दवान, बीरभूम, बाँकुड़ा, पुरुलिया, दक्षिण 24 परगना एवं पश्चिम मेदिनीपुर जिल्लामा वर्षा हुने सम्भावना छ। तीव्र हावा पनि चल्नसक्छ। शनिवार अनि आइतवार दक्षिण 24 परगना, पूर्व औ पश्चिम मेदिनीपुर, बीरभूम र मुर्शिदाबादमा अलर्ट जारी गरिएको छ।
शुक्रवार कोलकाताको आकाशमा सामान्यतः बादल लाग्नेछ भने कतिपय ठाउँमा हल्का वा मेघ गर्जनसितै पानी पर्नसक्छ। अधिकतम तापमान लगभग 34 डिग्री सेल्सियस औ न्यूनतम तापमान 28 डिग्री सेल्सियस रहने सम्भावना छ। अधिकतम आद्रता 91 प्रतिशत र न्यूनतम 67 प्रतिशत दर्ता गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा