बिकानेर, 21 सेप्टेम्बर (हि.स.)। ग्लोबल ह्याप्पीनेस फाउण्डेशनद्वारा केन्द्रिय क़ानून मन्त्रालयको सहयोगमा बिकानेरको नाल एयरपोर्टमा जस्टिस फर नेचर, ह्याप्पीनेस फर अल अभियानको शुभारम्भ गरियो। यस अभियानको प्रारम्भमा भारतका मुख्य न्यायाधीश बी.आर.गवईले भारतका केन्द्रिय क़ानून मन्त्री अर्जुन राम मेघावालसित बिरूवा रोपे।
यस अवसरमा ग्लोबल ह्याप्पीनेस फाउण्डेशनका मानद अध्यक्ष डा. श्याम अग्रवालले बताए, प्रधानमन्त्री नरेेन्द्र मोदीको नेतृत्वमा देशभरि नै प्रकृतिको संरक्षणमाथि अनेकौ कार्यहरू भइरहेका छन्। प्रधानमन्त्रीको भिजनलाई अगाड़ि बढ़ाउँदै यस अभियाको शुरूवात गरिएको हो। यस अभियानको थीम जस्टिस फर नेचर, ह्याप्पीनेस फर अल रहेको छ।
वृक्षरोपण कार्यक्रममा श्रीडूंगरगढ़ विधायक ताराचन्द सारस्वत, राजीव वर्मा, अंशु भारद्वाज, तेजाराम मेघवाल, जगदीश सोलंकी, पंकज अग्रवाल, मुकेश कुमार सहित प्रशासनिक अधिकारी, शहरका प्रबुद्ध नागरिकहरू उपस्थित थिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा