रक्सी नखान भन्दा पत्नीको हत्या गर्ने आरोपी पति पक्राउ
रक्सी नखान भन्दा पत्नीको हत्या गर्ने आरोपी पति पक्राउ


अररिया 21 सेप्टेम्बर(हि.स.)। अररियाको सिकटी थाना क्षेत्रमा दश दिनपूर्व रक्सी नखान भन्दा पत्नीको हत्या गर्ने आरोपी जँड़्याह पतिलाई अन्ततः पुलिसले पक्राउ गरेको छ। पुलिसले उसलाई पक्राउ गरी जेलमा थुनिदिएको छ। सिकटी थाना क्षेत्रको रानीकट्टा गाउँको वार्ड नम्बर-6 निवासी कमलदेव सदा घटना घटेदेखि नै भागेको थियो। यो घटना गत 10 सेप्टेम्बरमा भएको थियो।

घटना बारे जानकारी गराउँदै सदर एसडीपीओ सुशिल कुमारले बताए, गत 10 सेप्टेम्बरमा रानीकट्टा गाउँको वार्ड नम्बर-6 नवासी कमलदेव सदाको आफ्नी पत्नीसित रक्सीलाई लिएर विवाद भएको थियो। पत्नीले उसलाई रक्सी खानदेखि रोक लगाइरहेकी थिई। गालीबाट शुरू भएको विवाद कुटपिटमा परिमत भयो र यसै क्रममा अक्रोशमा आएको कमलदेवले जोख्ने कुनै वस्तुले पत्नीको शिरमा प्रहार गऱ्यो जसले गर्दा उसको घटनास्थलमै मृत्यु भएको थियो। हत्यापछि आरोपी भागेको थियो।

मामिलाको गम्भीरतालाई मध्यनजर गर्दै एसपी अञ्जनी कुमारले सदर एसडीपीओको नेतृत्वमा एउटा विशेष दल गठन गरे। टीमले तनिकी अनुसन्धान र स्थानीय सूत्रबाट प्राप्त जानकारीको आधारमा छापा मारेर कमलदेवलाई पक्राउ गऱ्यो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande