झज्जरमा अवैध रोहिंग्या तथा बंगलादेशी नागरिकहरूको पत्तो लगाउन सर्च अभियान
झज्जरमा अवैध रोहिंग्या तथा बंगलादेशी नागरिकहरूको पत्तो लगाउन सर्च अभियान


झज्जर, 21 सेप्टेम्बर (हि.स.)। प्रशासनिक जिल्ला झज्जरमा अनधिकृत रूपमा बस्दै आएका रहिंग्या वा बंगलादेशी नागरिकहरूको बारेमा पत्तो लगाउनको लागि झज्जर पुलिसले आइतवार विशेष रूपमा एक सर्च अभियान शुरू गऱ्यो।

यस अभियान अन्तर्गत सबै थाना प्रभारी तथा चौकी प्रभारीहरूले आ-आफ्नो क्षेत्रमा अलग-अलग टीम गठन गरी ईँटा भट्टी, झोपड़ी बस्ती, पोल्ट्री फार्म तथा अन्य स्थानहरूमा अनधिकृत रूपमा बस्दै आएका रोहिंग्या र बंगलादेशी नागरिकहरूको पत्तो लगाउनको लागि एक विशेष सर्च अभियान चलायो।

यस अवधि झज्जर पुलिस टीमले त्यहाँ बस्दै आएका बाहिरका श्रमिकहरूको जानकारी पनि लियो। लगभग दुई महिनादेखि संचालित यस अभियानको क्रममा पक्रा पर्ने 355 जना बंगलादेशी नागरिकहरूलाई उनीहरूको देश फर्काइसकिएको छ।

पुलिस आयुक्त डा. राजश्री सिंहले भनिन्, अभियान अवधि यस्ता मानिसहरूको आवश्यक दस्तावेजहरूको जाँच गरियो साथै उनीहरूसित आवश्क जाँचबुझ पनि गरियो जसमा उनीहरूलाई संदिग्ध पाइयो। यो अभियान जिल्लाको सुरक्षालाई मध्यनजर गर्दै चलाइएको हो ताकि बाहिरका मानिसहरूको पहिचान पुख्ता हुन सकोस्। यसबाट जिल्लामा अवैध रूपमा मानिसहरू बसोबास गर्नेमाथि रोक मात्र लाग्ने छैन जबकि आपराधिक गतिविधिहरू पनि नियन्त्रित हुनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande