प्रगतिशील कृषकहरूलाई 26 वटा क्रसब्रिड बाख्रा वितरित
प्रगतिशील कृषकहरूलाई 26 वटा क्रसब्रिड बाख्रा वितरित


नाम्ची, 21 सेप्टेम्बर (हि.स.)। पशुपालन एवं पशु चिकित्सा सेवा विभाग, नाम्ची जिल्लाले शनिवार रबिटार माङहिम क्ल्सटरमा वर्षा आधारित क्षेत्र विकास कार्यक्रम अन्तर्गत बाख्रा वितरण कार्यक्रम सफलतापूर्वक आयोजन गऱ्यो। कार्यक्रममा विभागकी चेयरपर्सन डोमा लेप्चा, सीएलसी अध्यक्ष ओटी लेप्चा, निदेशक डा. सोनाम छोडेन भोटिया लगायत अन्य अधिकारीहरू उपस्थित थिए।

कार्यक्रममा क्षेत्रका प्रगतिशील कृषकहरूलाई 26 वटा क्रसब्रिड बाख्रा वितरण गरियो। लाभार्थीहरूलाई सम्बोधन गर्दै डोमा लेप्चाले कृषकहरूलाई बाख्राको उत्पादनमा वृद्धि गर्न र राज्यको बढ्दो मागलाई पूरा गर्न प्रोत्साहित गरिन्।

यसरी नै डा. सोनाम छोडेन भोटियाले उपस्थित कृ​षकहरूलाई योजनाको बारेमा जानकारी गराउॅंदै प्राविधिक सुझाउहरू साझा गरे। सीएलसी अध्यक्ष लेप्चाले यस पहलको लागि विभागप्रति कृतज्ञता प्रकट गरे।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande