क्याबिनेट मन्त्री अतुल बोरा जुबिनको मृत्युको उचित जाँचमा सहमत
क्याबिनेट मन्त्री अतुल बोरा जुबिनको मृत्युको उचित जाँचमा सहमत


गोलाघाट (असम), 25 सेप्टेम्बर (हि.स.)। असमका महान पार्श्व गायक जुबिन गर्गको अकाल निधनलाई लिएर असम सरकारका वरिष्ठ क्याबिनेट मन्त्री अतुल बोराले आफ्नो प्रतिक्रिया व्यक्त गरेका छन्। मन्त्रीले असमको आवाजको रूपमा विख्यात जुबिनको निधनको उचित जाँचलाई लिएर सहमति व्यक्त गरेका छन्।

साथै गोलाघाट जिल्लान्तर्गत बोकाखातमा फेन्सिंगबोरको हेरिटेज र इम्जाका प्रयासहरू सहित बोकाखातका मानिसहरूको सहयोगले कलाकारको पूर्णाङ्ग सालिग निर्माणमा सहयोग गर्ने अनि जुबिन गर्गको स्मरणलाई जीवित राख्ने एउटा ठूलो योजनालाई हातमा लिने बताएका छन्।

उल्लेखनीय छ, राज्यका विभिन्न क्षेत्रहरूमा जुबिनको सालिग निर्माण गर्नका लागि मानिसहरूद्वारा तयारी गरिँदैछ। ज्ञात रहोस्, जुबिन गर्गको निधन गत 19 सेप्टेम्बरमा सिंगापुरमा भएको थियो। उनको अन्तिम संस्कार गुवाहाटीमा 23 सेप्टेम्बरमा सम्पन्न भयो। जुबिनको अन्तिम यात्रामा लाखौं मानिसहरू सामेल भएका थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande