जुबिनको मृत्यु मामिलामा मुख्यमन्त्रीले दिए सीबीआई जाँचको संकेत
जुबिनको मृत्यु मामिलामा मुख्यमन्त्रीले दिए सीबीआई जाँचको संकेत


गुवाहाटी (असम), 25 सेप्टेम्बर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले बिहीवार जुबिन गर्गको मृत्यु जाँचलाई लिएर उठिरहेका शंकाहरूमाथि प्रतिक्रिया व्यक्त गरेका छन्। उनले भने, यदि राज्यका जनता विशेष जाँच दल (एसआईटी) जाँचबाट सन्तुष्ट हुँदैनन् भने सरकार यस मामिलालाई केन्द्रिय अन्वेषण ब्यूरो (सीबीआई)-लाई सम्पिन पनि हिच्किचाउने छैन।

मुख्यमन्त्रीले मीडियासितको बातचितमा यो पनि स्पष्ट पारे, जुबिन गर्गका गीतहरूको कपीराइट सिद्धार्थ शर्मासित छैन। उनले भने, यदि यस्तो भएको भए जुबिनकी पत्नी गरिमा गर्गले सरकारलाई यस बारेमा सूचित गरिसकेकी हुन्थिन्।

मुख्यमन्त्रीले आश्वासन दिए, सरकार पूर्ण पारदर्शिता पूर्वक न्याय दिलाउनको लागि प्रतिबद्ध छ र जुबिन गर्गको सांस्कृतिक धरोहरलाई सम्हाल्नको लागि हरसम्भव प्रयास गरिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande