सिलगढ़ी, 25 सेप्टेम्बर (हि.स)। ट्रेनको चपेटमा परेर एउटा हात्तीको मृत्यु भयो। यो घटना बुधवार सेवक तथा बागराकोट केरले स्टेशनमाझमा भएको हो। प्राप्त जानकारी अनुसार कञ्चनकन्या एक्सप्रेस गए साँझ 7:10 बजी अलिपुरद्वारदेखि सियालदह तर्फ गइरहेको थियो।
अचानक दुईवटा हात्ती अगाड़ि आए। एउटा हात्तीले रेल लाइन पार गऱ्यो, तर अर्को रेलको चपेटमा पऱ्यो जसबाट हात्तीको घटनास्थलमै मृत्यु भयो। घटनापछि ड्राइभरले तुरून्त ट्रेनलाई रोके। त्यसपछि रेलवे र वन विभागलाई सूचना दिइयो। सूचना पाउनसाथ रेलवे तथा वन विभागीय अधिकारीहरू घटनास्थलमा पुगे। यस घटनाको कारण रेल दश मिनटसम्म रोकियो, त्यसपछि फेरि सियालदहतर्फ प्रस्थान भयो।
घटनाको सम्बन्धमा पूर्वोत्तर सीमान्त रेलवेका मुख्य जनसम्पर्क अधिकारी कपिञ्जलेश्वर शर्माले बताए, शवको पोस्टमर्टम गरिनेछ। दुवै पक्षबाट जाँच गर्ने आदेश दिइएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा