कोलकाता, 25 सेप्टेम्बर (हि.स.)। पश्चिम बंगालको कारा एवं लघु-कुटीर उद्योग मन्त्री तथा तृणमूल कंग्रेस विधायक चन्द्रनाथ सिन्हा बिहीवार बिहान प्रवर्तन निदेशालय (ईडी)- को सीजीओ कम्प्लेक्सस्थित कार्यालयमा पेश भए। उनी प्राथमिक शिक्षक नियुक्ति घोटालाका आरोपी हुन्। अदालतको आदेशानुसार उनलाई दुई दिनसम्म ईडीको कार्यालयमा उपस्थित भएर जाँचमा सहयोग गर्नुछ।
बुधवार अदालतले ईडीको त्यस उजुरीलाई खारेज गरिदिएको थियो जसमा एजेन्सीले मन्त्रीलाई हिफाजतमा लिएर जाँचबुझ गर्ने माग गरेको थियो। अदालतले उनको जमानतलाई यथावत राख्दै स्पष्ट पाऱ्यो, हाल उनी आफ्नो विधानसभा क्षेत्र तथा कोलकातादेखि बाहिर जान सक्ने छैनन्। जबसम्म मामिलाको सुनवाई पूरा हुँदैन, तबसम्म उनले यी शर्तहरूलाई पालन गर्नुपर्छ।
बिहीवार बिहान ईडी कार्यालयमा पुगेर मीडियासित बातचित गर्दै चन्द्रनाथ सिन्हाले भने, उनले जाँच एजेन्सीलाई पूर्ण सहयोग गर्नेछन्। तथापि उनी खाली हात नै ईडी कार्यालयमा पुगे। सूत्रानुसार अहिलेसम्म उनलाई कुनै प्रकारको दस्तावेज मागिएको छैन।
उल्लेखनीय छ, मन्त्रीले गत 6 सेप्टेम्बरमा अदालतमा आत्मसमर्पण गरेका थिए जसपश्चात उनले जमानत पाएका थिए। अदालतको ताजा निर्देश अनुसार बिहीवार र शुक्रवार ईडी समक्ष पेश भएर जाँचबुझमा सामेल भइरहेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा