भाजपा नेता तथा पूर्व केन्द्रिय मन्त्री रविशंकर प्रसादको सरकारी निवासमा आगलागी
भाजपा नेता तथा पूर्व केन्द्रिय मन्त्री रविशंकर प्रसादको सरकारी निवासमा आगलागी


नयाँ दिल्ली, १४ जनवरी (हि.स.)। भारतीय जनता पार्टी (भाजपा) का वरिष्ठ नेता, सांसद तथा पूर्व केन्द्रिय मन्त्री रविशंकर प्रसादको सरकारी निवासमा बुधबार बिहान आगलागी भएको छ। उक्त आगलागी मदर टेरेसा क्रिसेन्ट रोडस्थित आवास नम्बर–२१ मा बिहान लगभग ८:०५ बजी भएको हो। यसको पुष्टि दमकल विभागले गरेको छ।

दमकल विभागका अनुसार, प्रारम्भिक सूचनामा आगलागी कोठी नम्बर–२ मा भएको बताइएको थियो। तर, स्थलमा पुगेर गरिएको जाँचपछि आगलागी रविशंकर प्रसादको सरकारी निवासमै भएको स्पष्ट भएको हो। सूचना प्राप्त हुनासाथ दमकल विभागका तीनवटा दमकल गाडी घटनास्थलमा पठाइएका थिए। साथै दिल्ली पुलिस र स्थानीय प्रशासन पनि तुरुन्तै सतर्क बनेका थिए।

दमकल विभागका एक अधिकारीका अनुसार, आगो घरको एक कोठाको ओछ्यानमा लागेको थियो, जसका कारण कोठाभित्र अत्यधिक धुवाँ फैलिएको थियो। दमकलकर्मीहरूले लगभग आधा घण्टाको प्रयासपछि बिहान ८:३० बजीसम्म आग पूर्ण रूपमा नियन्त्रणमा लिएका थिए।

आगलागीको कारणबारे छानबिन जारी रहेको छ भने प्रारम्भिक रूपमा सर्ट सर्किटका कारण आग लागेको हुनसक्ने आशंका गरिएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande