अमित शाह, नितिन गडकरी, राजनाथ सिंहलगायत अन्यहरूले मकर सङ्क्रान्तिको शुभकामना दिए
अमित शाह, नितिन गडकरी, राजनाथ सिंहलगायत अन्यहरूले मकर सङ्क्रान्तिको शुभकामना दिए


नयाँ दिल्ली, १४ जनवरी (हि.स.)।

केन्द्रिय गृह तथा सहकारिता मन्त्री अमित शाह, केन्द्रिय सडक यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरी, तथा रक्षा मन्त्री राजनाथ सिंहले आज देशवासीलाई मकर सङ्क्रान्तिको शुभकामना व्यक्त गरेका छन्। शुभकामना दिनेहरूमध्ये विपक्षी दलका नेताहरू तथा विभिन्न राज्यका मुख्यमन्त्रीहरू पनि सामेल छन्।

केन्द्रिय गृहमन्त्री अमित शाहले सामाजिक सञ्जाल एक्समार्फत सन्देश जारी गर्दै ऊर्जा, उमङ्ग र उत्साहको पर्व मकर सङ्क्रान्तिको सबैलाई हार्दिक शुभकामना व्यक्त गरे। उनले यो पर्वले सबैको जीवनमा असीम खुशी र समृद्धि ल्याओस् भन्ने कामना गरेका छन्।

केन्द्रीय मन्त्री नितिन गडकरीले देशवासीलाई बधाई दिँदै मकर सङ्क्रान्तिको पावन पर्वले सबैको जीवनमा उत्तम स्वास्थ्य र सुख–समृद्धि प्रदान गरोस् भन्ने शुभेच्छा व्यक्त गरेका छन्।

रक्षा मन्त्री राजनाथ सिंहले मकर सङ्क्रान्ति, उत्तरायण, माघ बिहु तथा पोंगलको शुभकामना दिँदै यी पर्वहरू नवचेतना, शुभ आरम्भ तथा प्रकृतिको शाश्वत लयका प्रतीक भएको बताएका छन्। उनले यी पर्वहरू भारतको समृद्ध सांस्कृतिक विरासतसँग गहिरो रूपमा जोडिएका रहेको र एकतामा विविधता, सन्तुलन तथा सामञ्जस्यलाई प्रतिबिम्बित गर्ने उल्लेख गरे।

यसका साथै अल्पसंख्यक मामिला मन्त्री किरेन रिजिजू, कांग्रेसका राष्ट्रिय अध्यक्ष मल्लिकार्जुन खरगे, लोकसभामा विपक्षी दलका नेता राहुल गांधी, दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ता, महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीस तथा हरियाणाका मुख्यमन्त्री नायब सिंह सैनीले पनि देशवासीलाई मकर सङ्क्रान्तिको शुभकामना व्यक्त गरेका छन्।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande