
किश्तवाड़, 02 जनवरी (हि.स.)। किश्तवाड़को दच्छन क्षेत्रस्थित तचना गाउँमा गए बिहीवार अबेर राती लागेको भयानक आगोमा न्यूनतम 20 वटा घरहरू जलेर खरानी भएको छ भने केही परिवार बेघर भएका छन्।
अधिकारीहरूले बताए, आगो साँझ पख लागेको हो। घरहरू नजिक-नजिकमा भएको तथा काठले बनिएको हनाले आगो झन् द्रूत गतिमा फैलियो। साँघुरो क्षेत्र, खराब सड़क कनेक्टिभिटी तथा खराब पहुँच भएको कारणले भायर टेण्डरलाई घटनास्थलमा पुग्न समय लाग्यो। कठिन परिस्थितिबीच कैयौ घण्टासम्म आगो निभाउन अनि बचाउ कार्य भइरह्यो। आगोलाई निभाउनमा स्थानीय मानिसहरू पनि लागिपरे। तर त्यसबेलासम्ममा आगोले ठूलो नोक्सान गरिसकेको थियो।
शुरुआती जानकारी अनुसार यस घटनामा केही जनावरहरू पनि जलेर स्वाहा भएको छ भने न्यूनतम पनि चारजना मानिसहरू जलेर घाइते भएका छन् जसलाई उपचारको निम्ति नजिकैको हेल्थ सेन्टरमा लगियो। अहिलेघरि उनीहरूको अवस्था स्थिर रहेको बताइएको छ।
अधिकारीहरूले भने, बचाउ अभियान अवधि अन्य भवनहरूलाई पनि गम्भीर नोक्सान भयो जसबाट सम्पत्तिको नोक्सान बढ़ेको छ। आगलागीको सही कारण अहिलेसम्म पत्तो लाग्न सकेको छैन। अहिलेसम्म कुनै प्रकारको मानवीय क्षति पनि भएको समाचार छैन। प्रभावित परिवारहरूलाई राहत दिनका लागि अधिकारीहरूले तुरून्तै कदम उठाएका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा