
हुगली, 02 जनवरी (हि.स.)। उत्तर 24 परगना जिल्लाको खड़दह थाना अन्तर्गत पानीहाटी उत्सव अवधि भएको कुटपिटको घटनामा एकजना युवकको मृत्यु भयो। यस घटनालाई लिएर पुलिसले मामिला दर्ता गरी जाँच शुरू गरेको छ भने जाँचको क्रममा चारजना आरोपीहरूलाई पक्राउ गरेको छ।
पुलिस अनुसार राहुल सरकारले पहिलो जनवरीको दिन खड़दह थानामा लिखित सिकायत दर्ता गराए। सिकायतमा उल्लेख गरिएको छ, गत 28 दिसम्बर, 2025-मा उनको भाइ तनमय सरकार जो घोला निवासी थिए, पानीहाटी उत्सवमा गएका थिए। त्यहाँ कुनै समूहसित उनको विवाद भयो।
मेला समाप्त भएपछि घर फर्किने क्रममा त्यै समूहका मानिसहरूले उनलाई समातेर लात्ताःघुस्सा आदिले निर्दयता पूर्वक कुटपिट गरे। घरमा आइपुग्दा तनमयको अचानक स्वास्थ्य बिग्रियो। परिवारले उनलाई पहिला स्थानीय अस्पतालमा भर्ती गरायो जहाँबाट तिनलाई आरजी कर मेडिकल कलेजमा रेफर गरियो। उपचारको क्रममा गए 1 जनवरीको दिन उनको मृत्यु भयो।
घटनाको सिकायत पाएपछि खड़दह थानामा भारतीय न्याय संहिताको धारा 103 अन्तर्गत मामिला दर्ता गरियो। जाँचमा पुलिसले चारजना युवकहरूलाई पक्राउ गरेको छ जसमा दीप अधिकारी (18), देबजीत दास (18), शिबम दास उपनाम टाटान (20) र आकाश नस्कर उपनाम बड़ों (22) सामेल छन्। सबै आरोपीहरू सोदपुर तथा वरपर क्षेत्रका निवासी हुन्।
पुलिसले बतायो, सबै आरोपीहरूलाई पुलिस हिरासतको माग सहित अदालतमा पेश गरिनेछ। मामिलाको जाँच जारी छ साथै यो पत्तो लगाउने चेष्टा गरिँदैछ कि घटनामा अन्य मानिसहरू पनि सामेल थिए कि थिएनन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा