दक्षिण बंगालमा काँप्ने जाड़ो, दार्जिलिङमा हिमपात हुने सम्भावना
weather


कोलकाता, 02 जनवरी (हि.स.)। कोलकाता समेत सम्पूर्ण दक्षिण बंगालमा जाड़ोको प्रभाव यथावत छ। क्यानिङदेखि काकद्वीप तथा आसनसोलदेखि हुगलीसम्मका मानिसहरू चिसो हावामा काँपिरहेका छन्। मौसमको यो रूप आगामी केही दिनसम्म जारी रहने सम्भावना छ। यसबीच उत्तर बंगालको पहाड़ी क्षेत्रमा हिमपात हुने सम्भावनाले जाड़ोलाई अझ बढ़ाइदिएको छ।

अलिपुर मौसम विभागद्वारा शुक्रवार जारी बयान अनुसार दक्षिण बंगालका जिल्लाहरूमा आगामी चार-पाँच दिनसम्म कुहिरोको प्रकोप देख्न पाइनेछ। दक्षिण 24 परगना, झाड़ग्राम, पुरुलिया, बाँकुड़ा, पूर्व बर्दवान र पश्चिम बर्दवानमा घना कुहिरो लाग्ने आशंका व्यक्त गरिएको छ। बिहान तथा अबेर राती दृश्यता कम रहने सम्भावना छ।

उत्तर बंगालका जिल्लाहरूमा हाल न्यूनतम तापमानमा कुनै ठूलो बद्लाउ हुनेवाला छैन। त्यसपछि भने बिस्तारै जाड़ो घट्नसक्छ। यहाँ पनि बिहान कुहिरो लाग्नेछ। दार्जिलिङ, जलपाईगुड़ी औ कालेबुङ जिल्लामा हल्का वर्षा हुने सम्भावना छ। मौसम विभागले दार्जिलिङका पहाड़ी क्षेत्रहरूमा हिमपात हुने चेताउनी दिएको छ। कुहिरोको प्रभाव त्यहाँ पनि यथावत रहनेछ।

शुक्रवार बिहान कोलकाताको न्यूनतम तापमान 13.1 डिग्री सेल्सियस दर्ता गरियो जुन सामान्यभन्दा 1.1 डिग्री कम हो। मौसम विभागको भनाइ छ, हाल मानिसहरूले जाड़ो अनि कुहिरोबाट राहत पाउने आशा कमै छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande