मुख्यमन्त्रीले राज्यपाल माथुरलाई जन्मदिनको हार्दिक शुभकामना दिए
मुख्यमन्त्री र राज्यपाल।


गान्तोक, 02 जनवरी (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले सिक्किमका राज्यपाल ओमप्रकाश माथुरलाई जन्मदिनको हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्दै उनको खुशी, सुस्वास्थ्य, सफलता र समृद्धिको कामना गरेका छन्।

मुख्यमन्त्रीले आज सामाजिक सञ्जाल फेसबुक पोस्टमा लेखेका छन्, 'सिक्किमका जनताको तर्फबाट म सिक्किमका माननीय राज्यपाल श्री ओम प्रकाश माथुर जीलाई जन्मदिनको न्यानो एवं हार्दिक शुभकामना व्यक्त गर्दछु।'

मुख्यमन्त्रीले राज्यपालको अटल समर्पण, ज्ञान र अनुकरणीय नेतृत्व हामी सबैका लागि प्रेरणाको स्रोत बनिरहने बताएका छन्। राज्यपालले विशिष्ट सेवाको अझ अर्को वर्ष पूरा गरिरहेकाले उहॉंलाई सुस्वास्थ्य र शक्तिले आशीर्वाद दिऊन् जसले हामीलाई उही अनुग्रह, करुणा र प्रतिबद्धताका साथ मार्गदर्शन गर्न सकून् भनी कामना गरेका छन्।

मुख्यमन्त्रीले राज्यपालको आगामी वर्ष खुशी, सुस्वास्थ्य, सफलता र समृद्धिले भरिपूर्ण रहोस् भन्ने पनि कामना गरेका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande