
नाम्ची, 22 जनवरी (हि.स.)। प्रतिष्ठित 71औं माघे संक्रान्ति मेलाको आज समापन भएको छ। नौ दिनसम्म चलेको यो मेला 14 जनवरी, 2026 देखि शुरू भएको थियो। समापन समारोहमा विधायक सन्जित खरेल मुख्य अतिथि थिए।
विधायक तथा आयोजक समितिका प्रमुख संरक्षक मदन सिन्चुरीले आफ्नो सम्बोधनमा महोत्सवको सफल आयोजन सुनिश्चित गर्न मुख्यमन्त्री प्रेमसिंह तामाङबाट प्राप्त निरन्तर समर्थन र मार्गदर्शनको लागि कृतज्ञता प्रकट गरे। उनले माघे संक्रान्ति मेलालाई राष्ट्रिय र अन्तरराष्ट्रिय स्तरमा पुऱ्याउने मुख्यमन्त्रीको भिजन दोहोऱ्याए।
मेलामा बाङ्गे बजार पहलको उल्लेख गर्दै विधायक सिन्चुरीले यस्ता कार्यक्रमहरू राज्य बाहिर पनि चर्चित बनेको बताए। युवाहरूको भूमिकामाथि जोड दिॅंदै माघे मेलाले युवाहरूलाई आफ्नो प्रतीभा प्रदर्शित गर्न मञ्च प्रदान गरेको उनले बताए। उनले महोत्सवलाई सफल बनाउन विभिन्न लाइन विभागका अधिकारीहरू र समर्पित स्वयंसेवकहरूको कडा परिश्रमको पनि सराहना गरे।
उल्लेखनीय छ, जोरथाङ माघे संक्रान्ति मेलाको समापनसॅंगै राज्यमा चलिरहेका सबै मेलाहरूको आज समापन भएको छ। मुख्यमन्त्री प्रेमसिंह तामाङले केही दिनअघि जोरथाङमा एक कार्यक्रमलाई सम्बोधन गर्दै 22 जनवरीदेखि राज्यमा चलिरहेका सबै मेलाहरू समाप्त हुनुपर्ने निर्देश दिएका थिए। उनले विद्यार्थीहरूको बोर्ड परीक्षाहरूलाई ध्यानमा राख्दै मेलाहरू बन्द गर्नुपर्ने बताएका छन्।
यसपछि, राज्यका सबै जिल्लाका जिल्लापालहरूले अधिसूचना जारी गरेर सम्बन्धित जिल्लाहरूमा चलिरहेका मेलाहरूलाई 22 जनवरीसम्म मात्र अनुमति दिइने जानकारी गराएका थिए।
हिन्दुस्थान समाचार / बिशाल