
खरसाङ, 22 जनवरी (हि.स.)। खरसाङको अम्बटे चियाबारी निवासी लोक नृत्य निर्देशक एवं लोक गायक प्रेम वाईबाको निधन भएको छ। उनको निधन बुधबार बिहान खरसाङको अम्बटे चियाबारीस्थित घरमा 93 वर्षको उमेरमा निधन भयो।
प्रेम वाइबाको जन्म 1 जनवरी, 1933 सालमा भएको थियो। उनी लोक नृत्य निर्देशक एवं लोक नृत्यका ज्ञाता थिए। उनी लोकप्रिय गायिका हिरादेवी वाईबा लगायत लोक गायकहरु क्रमैले सुदिप वाईबा, चन्द्रदीप वाईबा, भुषण वाईबाका काका हुन्। उनको बिहिबार अन्तिम संस्कार गरियो।
प्रेम वाइबाले आफ्नो समयमा विभिन्न संघ संस्थाहरुमा संलग्न रहेर समाजका लागि कार्य गरे। उनलाई दागोपापको समयमा दार्जिलिङ, कालेबुङ, खरसाङ र मिरिकका सूचना अनि संस्कृति विभागमा लोक नृत्य सिकाउन साथै लोक नृत्य संबर्द्धनका लागि लोक नृत्य निर्देशक नियुक्त गरिएको थियो। उनले विभिन्न सम्मानहरु पनि प्राप्त गरेका छन्। उनको निधनले भारतीय नेपाली समाज साथै लोक नृत्य क्षेत्रमा ठूलो क्षति पुगेको महसुस गरिएको छ।
हिन्दुस्थान समाचार / हनोक