मोना सिंह र बरुण सोबतीको सिरिज ‘कोहरा २’ को ट्रेलर सार्वजनिक
Mona Singh


चर्चित क्राइम–थ्रिलर वेब सिरिज ‘कोहरा’ को दोस्रो सिजन दर्शकहरूको मनोरञ्जनका लागि पुनः फर्किँदैछ। यस पटक सिरिजमा अभिनेता बरुण सोबतीसँगै अभिनेत्री मोना सिंह महत्वपूर्ण भूमिकामा देखिनेछिन्। दुवैले मिलेर एक नयाँ र खतरनाक केसको पर्दाफास गर्ने र अपराधीलाई सजाय दिलाउने प्रयास गर्नेछन्। निर्माण पक्षले हालै ‘कोहरा २’ को ट्रेलर सार्वजनिक गरेको छ, जसलाई हेरेपछि फ्यानहरूमा सिरिजको रिलिजप्रति उत्साह र जोश तीव्र रूपमा बढेको छ। सिरिजको निर्देशन सुदीप शर्मा र फैसल रहमानले संयुक्त रूपमा गरेका हुन्।

सस्पेन्स र थ्रिलले भरिएको ट्रेलर

‘कोहरा २’ को ट्रेलर करिब २ मिनेट ३ सेकेन्ड लामो छ, जसको सुरुवात एक युवतीको रहस्यमय मृत्युबाट हुन्छ। यस पटक कथा पञ्जाबको एउटा सानो शहरको पृष्ठभूमिमा आधारित छ, जहाँ अपराधका जटिल रहस्यहरू सुल्झाउन कमान्डिङ अफिसर धनवंत कौर (मोना सिंह) लाई जिम्मेवारी दिइन्छ। उनका साथ सहायक सब–इन्स्पेक्टर अमरपाल गरुन्डी (बरुण सोबती) खतराहरू र रहस्यले भरिएको मिसनमा काँधसँग काँध मिलाएर काम गर्छन्। ट्रेलरमा थ्रिल, सस्पेन्स र अपराधका नसुल्झिएका तहहरूलाई अत्यन्त प्रभावकारी रूपमा प्रस्तुत गरिएको छ, जसले दर्शकलाई अन्त्यसम्म बाँधेर राख्ने वाचा गर्दछ।

‘कोहरा २’ नेटफ्लिक्समा ११ फरवरीदेखि स्ट्रिम हुनेछ। पहिलो सिजनको सफलतापछि यस नयाँ सिजनले पनि दर्शकहरूको भरपूर माया पाउने अपेक्षा गरिएको छ, विशेषगरी बरुण र मोनाको नयाँ जोडी र कथाको रहस्यमय गहिराइका कारण। यदि तपाई थ्रिलर र क्राइम कथामा रुची राख्नुहुन्छ भने ‘कोहरा २’ यस पटक फेरवरी महिनाको एक ठूलो वेब ट्रीट बन्नेछ।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande