
कोलकाता, 07 जनवरी (हि.स.)। तृणमूल कंग्रेसका राष्ट्रिय महासचिव अभिषेक ब्यनार्जीले बुधवार सोशल मीडिया प्लेटफर्म ‘एक्स’-मा एउटा पोस्ट साझा गरी भारतीय जनता पार्टी (भाजपा)-माथि चर्को हमला गरे। उनले लेखे, “पापको घैलो भरिसकेको छ” साथै दाबी गरे, बीरभूममा भाजपा पूर्ण रूपमा शून्य भइसकेको छ।
आफ्नो पोस्टमा अभिषेक ब्यनर्जीले आरोप लगाए, दिल्लीबाट संचालित भाजपाका “जमीन्दार”-हरूले बंगाल विरूद्ध युद्ध शुरू गरेका छन्। उनले भने, केन्द्र सरकारले बंगालको जायज हकको फण्ड समेत रोकिरहेको छ, बंगला भाषाको उपहास गरिँदछै, बंगालको सांस्कृतिक तथा ऐतिहासिक प्रतीकहरूको अपमान गरिँदैछ। प्रतिशोधको भावनाले मानिसहरूलाई प्रताड़ित गरिँदैछ।
अभिषेक ब्यानर्जीले यो पनि आरोप लगाए, भाजपाले चुनाउ आयोगसित मिलीमतो गरेर वैध मतदाताहरूलाई मताधिकारदेखि वञ्चित गर्ने षड़यन्त्र रचिरहेको छ जसको शुरूआत बंगालबाट गरिँदैछ। उनले भने, यसबाट लोकतन्त्रको बुनियादलाई कमजोर बनाइँदैछ, तर बंगाल झुक्नेवाला छैन।
उनले दाबी गरे, बीरभूमबाट उठेको आवाज़ “बंगाल-विरोधी शक्ति”-को लागि चेताउनी हो र उनीहरूको अहंकार नै उनको उनीहरूको पतनको कारण बन्नेछ।पोस्टको अन्तमा अभिषेक ब्यनर्जीले भने, जति नै हमला गरे पनि अन्तमा जीत बंगालकै हुनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा