
कोलकाता, 07 जनवरी (हि. स.)। भारतीय जनता पार्टी (भाजपा)-का वरिष्ठ नेता अमित मालवीयले बुधवार सोशल मीडिया प्लेटफर्म ‘एक्स’-मा एउटा पोस्ट साझा गरी पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यनर्जीमाथि जनजातीय विरोधी व्यवहार गरेको आरोप लगाए। उनले दाबी गरे, केन्द्र सरकारको संस्कृति मन्त्रालय अधिनस्थ पूर्वी क्षेत्र सांस्कृतिक केन्द्र (ईजेडसीसी)- द्वारा आयोजित एक जनजातीय सांस्कृतिक कार्यक्रमलाई झाड़ग्राममा बलजफ्ती रोकियो।
अमित मालवीय अनुसार ईजेडसीसीको पक्षबाट “पौष परब” नामक जनजातीय सांस्कृतिक कार्यक्रम सात र आठ जनवरी, 2026-मा झाड़ग्रामको हिन्दू मिशन मठमा बिहान 10 बजेदेखि राती 8 बजेसम्म आयोजना आयोजा गरिनुथ्यो। कार्यक्रम आयोजना हुनपूर्व तय प्रक्रिया अन्तर्गत झाड़ग्रामका पुलिस अधीक्षक, जिल्लाधिकारी औ बीडीओबाट अनुमति मागिएको थियो। यसको लागि 3 दिसम्बर, 025-मा पत्र पठाइएको थियो जसको प्राप्तिको पुष्टि पनि भइसकेको थियो।
उनले आरोप लगाए, सबै आवश्यक अनुमतिहरू भए पनि लगभग 2 हजार 5 सय जनजातीय कलाकारहरू कार्यक्रममा भाग लिन आइपुग्दा झाड़ग्राम थानाका प्रभारी (आईसी) पुलिस बल सहित घटनास्थलमा पुगे। उनले यसो भनेर कार्यक्रममाथि रोक लगाइदिए- माथिल्लो स्तर-बाट निर्देश आएको छ।
अमित मालवीयले यस कारबाहीलाई जनजातीय कलाकारहरूलाई उनीहरूको मञ्चबाट वञ्चित बनाएको तथा केन्द्र सरकारलाई धरातलीय स्तरसम्म पुग्न रोक लगाउने षड़यन्त्र बताए। उनले प्रश्न गरे, त्यो “माथिल्लो स्तर” को हो जसको निर्देशमा कार्यक्रमलाई रोकियो। पोस्टको अन्तमा मालवीयले पश्चिम बंगालकी गृहमन्त्री ममता ब्यनर्जीसित यस कथित जनजातीय विरोधी कारबाहीमाथि सामु आएर जवाफ दिने माग गरे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा