आशारिका फाउन्डेशनद्वारा बिमारीलाई आर्थिक सहयोग प्रदान
आशारिका फाउन्डेशनद्वारा बिमारीलाई आर्थिक सहयोग प्रदान


सोनादा, 07 जनवरी (हि.स.)। आशारिका फाउन्डेशनले जोरबंगलोस्थित बीच गाउँका 15 वर्षीय नेहल राईलाई 7 हजार पाँच सय रुपियाँ आर्थिक सहयोग गरेको छ। नेहल केही दिनअघि खेल्ने क्रममा लडेका थिए, जसको परिणामस्वरूप उनको दिमागमा रगत जमेको छ। उनको शल्यक्रियामा लाखौं रुपियाँ खर्च लाग्ने भएकाले फाउन्डेशनका सभापति रितिक तामाङले सबैलाई अगाडि आएर नेहाललाई मद्दत गर्न अनुरोध गरेका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande