दासपुरमा प्राचीन शीतला मन्दिरबाट लाखौंको गहना चोरी
दासपुरमा प्राचीन शीतला मन्दिरबाट लाखौंको गहना चोरी


मेदिनीपुर, 07 जनवरी (हि.स.)। पश्चिम मेदिनीपुर जिल्लाको दासपुर थाना अन्तर्गत भूनय्याड़ा गाउँमा गए मंगलवार अबेर राति उपद्रवीहरूले एउटा प्राचीन एवं जागृत शीतला मन्दिरलाई लक्षित गरे। चोरहरूले मन्दिरको ताला भत्काएर माताको श्रृंङ्गारमा चढ़ाइएका लगभग 8 लाख रुपियाँको सुन र चाँदीका गहनाहरू लिएर सुइँकुच्चा ठोके। बुधवार बिहान घटनाबारे जानकारी पाउनसाथ सम्पूर्ण क्षेत्रमा कोकोहोलो मचियो।

प्राप्त जानकारी अनुसार यो मन्दिर गाउँकै प्रतिष्ठित पण्डित परिवारको हो। परिवारका सदस्यहरूले बताए, गए मंगलवार राती लगभग साढ़े आठ बजी मन्दिरको द्वार बन्द गर्दा सबै गहनाहरू सुरक्षित थिए। बुधवार बिहान लगभग 7 बजी परिवारकी गृहणी पायल मन्दिरमा नित्य सफाई एवं पूजनको लागि पुग्दा मन्दिरको मुख्य द्वारको ताला भत्किएको थियो। भित्र जाँदा गर्भगृहमा अवस्थित माताको प्रतिमा क्षत-विक्षत अवस्थामा थियो भने उनको शरीरबाट सबै गहनाहरू हराइसकेका थिए।

पण्डित परिवारद्वारा दिइएको सिकायत अनुसार चोरहरूले माताको चाँदीको मुकुट, सुनको केही हार, कानको तथा अन्य मूल्यवान आभूषणहरू चोरी गरेका छन् जसको अनुमानित मूल्य लगभग 8 लाख रुपियाँ रहेको छ।

स्थानीय मानिसहरूमा यस घटनाप्रति गहिरो आक्रोश छ। ग्रामीणहरूको भनाइ छ, यो मन्दिर अत्यन्त जागृत छ र गाउँको परम्परा रहिआएको छ कि कुनै पनि शुभ कार्य यहाँ पूजा नगरी आरम्भ हुँदैन। मन्दिरमा भएको यस घृणित कार्यले मानिसहरूको धार्मिक भावनामा ठूलो ठेस पुऱ्याएको छ।

सूचना पाउनसाथ दासपुर थाना पुलिसले बिहान 9.30 बजी घटनास्थलमा पुगेर घटनास्थलको निरीक्षण गऱ्यो। पुलिसले मन्दिर परिसरबाट प्रमाण जुटाएको छ। संदिग्धहरूको खोजीमा जुटिसकेको पुलिसको भनाइ छ, चाँड़ै नै मामिलाको खुलासा गरी दोषीहरूलाई समातिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande