
नयाँ दिल्ली, 07 जनवरी (हि.स.)। दिल्ली विश्वविद्यालय (डीयू)- को हिन्दी माध्यम कार्यान्वयन निदेशालयले बुधवार विश्वविद्यालयको सर शंकरलाल सभागृहमा ‘अभिप्रेरणा कार्यक्रम’ आयोजना गऱ्यो। भारतीय संविधानको अनुच्छेद 351 एवं राष्ट्रिय शिक्षा नीति-2020 अनुरूप हिन्दी माध्यममा उच्च शिक्षाको लागि गुणस्तरीय शैक्षणिक ग्रन्थहरूको विस्तारको लागि शिक्षाविद्हरूलाई प्रेरित गर्नेमाथि केन्द्रित सो कार्यक्रममा दिल्ली विश्वविद्यालय एवं सम्बद्ध महाविद्यालयहरूका अनेकौं शिक्षक एवं शोधार्धीहरू सामेल भए।
यस अवसरमा मुख्य अतिथिका रूपमा उपस्थित डीयूका कुलपति प्रो. योगेश सिंहले भने, हिन्दी जन-जनको भाषा हो, मनको भाषा हो। यो एकता, संस्कार अनि प्रेमको भाषा हो। कार्यक्रममा विशिष्ट अतिथि कलेजका डीन प्रो. बलराम पाणि, निदेशक दक्षिण परिसर प्रो. रजनी अब्बी औ सल्लाहकार समितिकी अध्यक्ष प्रो. सुधा सिंह उपस्थित थिए।
प्रो. योगेश सिंहले आफ्नो सम्बोधनमा भने, सरकारहरूको सहयोग भए राम्रो, नभए पनि हिन्दी अगाड़ि बढ़िरहनेछ। यो हिन्दीको सहजता र सरलता हो। उनले हिन्दी भाषालाई बढ़ाउने सामूहिक जिम्मेवारी लिँदै भने, यो काम हामी सबैको हो।
कुलपतिले भने, प्रधानमन्त्री, गृहमन्त्री तथा शिक्षामन्त्रीको हिन्दी भाषा नभए पनि उनीहरूको हिन्दीप्रति सम्मान अविस्मरणीय छ। कुनै व्यक्तिको मन जित्नु छ भने, समाजलाई जित्नु छ भने सबैभन्दा पहिला तपाईहरूले उनीहरूको भाषालाई सम्मान गर्नुपर्छ। कुनै पनि प्रयास जसले हिन्दीलाई बढ़ाउने काम गर्छ, त्यो अभिनन्दीय छ। जुन भाषालाई बोल्ने मानिसहरू जति धेरै हुन्छन्, त्यति नै त्यो भाषा समृद्ध हुनेछ।
यस अवसरमा आगामी योजनाहरूलाई रेखांकित गर्दै निदेशालयले अपील गऱ्यो, दिल्ली विश्वविद्यालय एवं अन्य उच्च शिक्षण संस्थानहरूका प्रोफेसर्स, शिक्षक एवं शोधार्थीहरूले हिन्दी माध्यममा पाठ्य-पुस्तक लेखन, अनुवाद एवं सम्पादन गर्नमा आफ्नो सक्रिय भूमिका निर्वाह गरून् ताकि उच्च शिक्षाको क्षेत्रमा हिन्दी माध्यम विकल्पको रूपमा मात्र नभएर एक समक्ष समृद्ध र व्यवस्थाको रूपमा स्थापित हुन सकोस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा