
कोलकाता, 07 जनवरी (हि. स.)। राज्य सरकारले आफ्नो वचनलाई निभाउँदै ओडिसामा हत्याको शिकार भएका प्रवासी श्रमिक जुएल राणाकी आमालाई सरकारी नोकरीको नियुक्ति पत्र सुम्पियो। गए मंगलवार साँझ नियुक्ति पत्र प्रदान गरियो भने उनले बुधवारदेखि सुति-एक ब्लक अन्तर्गत बीएलओ कार्यालयमा अटेन्डेण्टको कार्यभार ग्रहण गरिन्।
उल्लेखनीयछ, गत24 दिसम्बर,2025-माभाजपाशासित राज्य ओडिशाकोसंबलपुरमाअसामाजिक तत्वहरूलेमुर्शिदाबाद जिल्लाकोसुति विधानसभा क्षेत्रस्थितचक बहादुरपुर गाउँनिवासी युवक जुएल राणाकोहत्यागरिदिएका थिए। घटनापछि मुख्यमन्त्री ममता ब्यनर्जीले पीड़ित परिवारप्रति संवेदना व्यक्त गर्दै दुई लाख रुपियाँ आर्थिक सहयोग प्रदान गरेकी थिइन् साथै परिवारका एकजना सदस्यलाई सरकारी नोकरी दिने आश्वासन दिएकी थिइन्।
मुख्यमन्त्रीकोनिर्देशानुसार01जनवरी,2026-माजंगीपुरकातृणमूल कंग्रेस सांसद खलिलुर रहमानलेजुएलकोपरिवारसित भेट गरी अतिरिक्त आर्थिक सहयोग पनि दिएका थिए। सोही अनुरूप मंगलवार जुएलकी आमालाई नियुक्ति पत्र सुम्पिइयो।
नियुक्ति पत्र प्राप्त गरेपछिजुएलकीआमाले भनिन्, सांसद खलिलुर रहमानले परिवारको लागि व्यवस्था गरिदिने भरोसा दिलाएका थिए जसलाई पूरा गरिएको छ। नोकरी पाएपछि परिवारले राहत महसूस गरेको छ।
यस सम्बन्धमासुति-एक ब्लककाबीडीओ अरुपकुमार साहाले बताए, जुएलकी आमालाई बीएलआरओमा अटेन्डेण्ट पदमा नियुक्त गरिएको छ। उनले बुधवारदेखि कार्यभार सम्हालेकी छन्।
---------------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा