
आसनसोल, 07 जनवरी (हि.स.)। दक्षिण पूर्व रेलवेको आद्रा मण्डलले यात्रीहरूको सुविधालाई ध्यानमा राख्दै तथा डिजीटल माध्यमहरूबाट टिकट बुकिंगलाई प्रोत्साहित गर्ने उद्देश्यले रेलवे बोर्डद्वारा एक महत्वपूर्ण निर्णय लिइएको छ। यस निर्णय अन्तर्गत रेलवन (RailOne) मोबाइल एपको माध्यमबाट अनारक्षित टिकटहरूको बुकिंगमा तीन प्रतिशतको विशेष छुट दिइनेछ।
वर्तमानमा रेलवन एपमा आर-वलेट (R-Wallet)- को माध्यमबाट अनारक्षित टिकट बुक गर्दा तीन प्रतिशत बोनस क्याशब्याकको सुविधा उपलब्ध छ। अब डिजीटल बुकिंगलाई अझ बढ़ी प्रेरित गर्नको लागि यो निर्णय लिइएको छ कि रेलवन एपमा आर-वलेट अतिरिक्त अन्य सबै डिजीटल भुक्तान माध्यम (जस्तै यूपीआई, डेबिट/क्रेडिट कार्ड आदि)-बाट अनारक्षित टिकट बुक गर्दा सोझै तीन प्रतिशतको छुट प्रदान गरिनेछ।
तथापि यदि यात्रीहरूले रेलवन एपमा आर-वलेटको माध्यमबाट अनारक्षित टिकट बुक गर्छ भने पहिलाबाटै लागू तीन प्रतिशत बोनस क्याशब्याकको व्यवस्था यथावत रहनेछ।
यो सुविधा दिनांक 14.01.2026-देखि 14.07.2026 सम्म प्रभावकारी रहनेछ। यस अवधिमा प्राप्त फीडब्याकको आधारमा यस योजनाको अग्रिम समीक्षा गरिनेछ।
दक्षिण पूर्व रेलवेको आद्रा मण्डलद्वारा यात्रीहरूसित अपील गरिएको छ, उनीहरूले यस सुविधाको अधिकभन्दा अधिक लाभ उठाउन् तथा डिजीटल माध्यमबाट टिकट बुकिंगलाई अप्नाएर आफ्नो समय बचाउन्।
रेलवे प्रशासनले यस योजनाको जानकारी विभिन्न माध्यमहरूबाट व्यापक रूपमा प्रचार गरिरहेको छ ताकि अधिकभन्दा अधिक यात्रीहरू यो सुविधाबाट लाभान्वित हुन सकुन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा