
कोलकाता, 07 जनवरी (हि.स.)। भारतीय जनता पार्टी (भाजपा)-का पूर्व प्रदेश अध्यक्ष औ केन्द्रिय मन्त्री डा. सुकान्त मजुमदारले बुधवार सोशल मीडिया प्लेटफर्म ‘एक्स’-मा एउटा पोस्टको माध्यमबाट तृणमूल कंग्रेसका एकजना वरिष्ठ नेतामाथि धारिलो प्रहार गरे। उनले आरोप लगाए, तृणमूलका एक जना नेतालाई सस्तो स्टन्टबाजी गर्ने तथा लगातार झुटो बोल्ने आदत छ जसले गत केही दिनदेखिको खुल्ला रूपमा भ्रामक एवं असत्य प्रचार गरिरहेका छन्।
सुकान्त मजुमदारले भने, उक्त नेता र उनको पार्टीका “अशिक्षित औ उद्दण्ड अनुचर”-ले जतिनै प्रयास गरोस्, सत्यलाई लुकाओस्, तर सत्यलाई कहिल्यै लुकाउन सकिँदैन। उनले एउटा भनाइलाई उद्धृत गर्दै भने, “अल्प ज्ञान खतरनाक हुन्छ” औ झुटको आड़मा सत्यसलाई दबाउने प्रयास सदैव विफल हुन्छ।
आफ्नो पोस्टमा सुकान्त मजुमदारले स्पष्ट पारे, दक्षिण दिनाजपुर जिल्लाका निवासी गौतम बर्मनकी पत्नीले स्वयं सार्वजनिक रूपमा यो स्वीकार गरेकी छन्, उनले आफ्नो समस्याको बारेमा उनलाई जानकारी दिएकी थिइन्। साथै उनले यो पनि स्पष्ट पारे, महिलाले कहिल्यै पनि यो भनिन् कि सहयोगको आश्वासन नपाएको कारणले उनलाई रूँदै फर्किन परेको थियो। सुकान्त मजुमदार अनुसार महिलाले यो पनि स्पष्ट पारेकी छन्, त्यसबेला उनले आवश्यक सहायताको लागि उनलाई जानकारी दिएकी थिइन्।
उनले अझ भने, सबैभन्दा महत्वपूर्ण तथ्य को हो भने कामको सिलसिलामा महाराष्ट्र गएका दुईजना व्यक्तिहरूको उल्लेख गरिँदैछ, तर उनीहरूमध्ये कोही पनि भाजपाको बूथ अध्यक्ष कहिल्यै रहेन। सुकान्तले आरोप लगाए, संगठनात्मक ढाँचा एवं बूथ स्तरीय राजनीतिको बुनियादलाई नबुझी झुट फैलाएकै कारणले यस्तो हाँस्यस्पद र भ्रामक स्थिति उत्पन्न भइरहेको छ।
पोस्टको अन्तमा सुकान्त मजुमदारले एउटा भनाइको उल्लेख गर्दै भने, “अति चतुरको गलामै डोरी फस्छ,”। उनले तृणमूल कंग्गरेसमाथि वास्तविकातलाई सच्चाएर पेश गरेको आरोप लगाए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा