पुँछको एलओसी नजिकै फेला पऱ्यो  पाँच वटा ल्याण्डमाइन, सेनाले सुरक्षित ढङ्गमा नष्ट गऱ्यो
पुँछको एलओसी नजिकै फेला पऱ्यो  पाँच वटा ल्याण्डमाइन, सेनाले सुरक्षित ढङ्गमा नष्ट गऱ्यो


पुँछ, 10 अक्टोबर (हि.स.)। सेनाले जम्मू-कश्मीरको पुँछ जिल्लामा नियन्त्रण रेखा (एलओसी) को नजिकै पाँचवटा ल्याण्डमाइन पत्तो लगाएर त्यसलाई सुरक्षित रूपमा नष्ट गरिदियो। सेनाको बम डिस्पोजल स्क्वाडले नियन्त्रित विस्फोटको माध्यमबाट यी ल्याण्डमाइनहरूलाई नष्ट गऱ्यो। यस अवधि कुनै पनि प्रकारको जनहानि भएको समाचार प्राप्त भएको छैन।

अधिकारीहरूले बताए अनुसार शनिवार बिहान बसोनी टप क्षेत्रमा सीमा पर्खाल नजिकै गस्ती गरिरहेका सेनाका जवानहरूले दुईवटा ल्यानण्डमाइन फेला पारे। यसअघि शुक्रवार सोही क्षेत्रमा अन्य तीनवटा ल्याण्डमाइन फेला परेको थियो। सेनाको बम डिस्पोजल स्क्वाडले नियन्त्रित विस्फोट मार्फत सबै पाँचवटै ल्याण्डमाइनहरूलाई नष्ट गऱ्यो।

अधिकारीहरू अनुसार नियन्त्रण रेखाका निकटवर्ती क्षेत्रहरूमा घुसपैठलाई रोक्नको लागि सुरक्षा व्यवस्था अन्तर्गत ल्याण्डमाइन बिछ्याइएको छ। यद्यपि भारी वर्षाले कहिलेकाहीँ यी ल्याण्डमाइनहरूलाई आफ्नो स्थानदेखि बगाएर यस्तो स्थानमा पुऱ्याउँछ जहाँ मानिसहरूको लागि खतरा निम्त्याउन सक्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande