काँकेर भाजपाको महिला मोर्चाले यौन उत्पीडनको आरोपमा दोषी कङ्ग्रेस सांसदविरुद्ध प्रदर्शन गऱ्यो
कांकेर भाजपा महिला मोर्चा ने यौन उत्पीड़न के दोषी कांग्रेस सांसद  के विरूद्ध किया प्रर्दशन


काँकेर, 12 अक्टोबर (हि.स.)। मणिपुरबाट कङ्ग्रेस सांसदमाथि जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयु) का विद्यार्थीहरूले लगाएको यौन उत्पीडनको आरोप र कङ्ग्रेस सांसद प्रोफेसर अङ्गोमचा बिमोल अकोइजाममाथि 11 जना छात्राहरूको यौन उत्पीडन गरेको आरोप सार्वजनिक भएपछि जेएनयु प्रशासनले गरेको कारबाहीपछि काँकेर भाजपा महिला मोर्चाले सोमवार काँकेरमा कङ्ग्रेस भवनको घेराउ गर्ने प्रयास गऱ्यो। यसबीच कङ्ग्रेस कार्यालय अगाडि पुलिसले सुरक्षाको पुख्ता व्यवस्था गर्दै ठूलो सङ्ख्यामा ब्यारिकेड्स लगायो अनि महिला मोर्चाका कार्यकर्ताहरूलाई अगाडि बढ्नदेखि रोक्यो।

जेएनयूका 11 जना छात्राहरूले दर्ता गरेको यौन उत्पीडनको उजुरीको आधारमा भारतीय दण्ड संहिता (आईपीसी), 2023 को धारा 75 (1) (आई), 75 (1) (आइभी) र 79 अन्तर्गत मुद्दा दर्ता गरिएको छ। भाजपाकी महिला मोर्चाका कार्यकर्ताहरूले हातमा प्लेकार्ड लिएर हनुमान मन्दिर नजिकैबाट पैदल यात्रा निकाले अनि कङ्ग्रेस भवनको घेराआ गर्ने प्रयास गरे, तर ठूलो सङ्ख्यामा पुलिस फोर्स तैनाथ गरिएको कारणले महिलाहरूलाई अगाडि बढ्नदेखि रोकियो। यसै क्रममा महिला मोर्चाले कङ्ग्रेस सहित राहुल गान्धीविरुद्ध आधा घण्टासम्म नारा लगायो।

भाजपाकी महिला मोर्चा जिल्ला अध्यक्ष उमा शर्माले आरोप लगाइ्, कङ्ग्रेस सांसदमाथि 11 जना जेएनयू छात्राहरूमाथि यौन उत्पीडन गरेको आरोप लागेको भए पनि कङ्ग्रेस पार्टी यस विषयमा मौन छ।

महिलामाथि हुने उत्पीडनविरुद्ध कानुन हुँदाहुँदै पनि कङ्ग्रेस नेताहरूले यस विषयमा किन आफ्नो मुख बन्द राखेका छन् र यौन उत्पीडनका आरोपीलाई समर्थन गरिरहेका छन् भनी प्रश्न उठाइन्। महिलाको सुरक्षा र मर्यादा सुनिश्चित गर्नु सबै राजनीतिक दलको दायित्व रहेको उनले बताइन्। उनले कङ्ग्रेस नेतृत्वलाई यस विषयमा आफ्नो स्थिति स्पष्ट गर्न र राहुल गान्धीलाई उचित कदम चाल्न माग गरिन्।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande