भाजपाका महिला सांसदहरूको प्रतिनिधिमण्डलले आज राष्ट्रपतिसँग भेट गर्ने, कांग्रेस सांसद विरुद्धका आरोप उठाउने
रूपकुमारी चौधरी फाइल फोट


नयाँ दिल्ली, १३ अक्टोबर (हि.स.)। जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयू) मा छात्राहरूमाथि यौन दुर्व्यवहार भएको आरोपलाई लिएर भारतीय जनता पार्टी (भाजपा) ले कांग्रेस सांसद अंगोमचा बिमोल अकोइजाम विरुद्ध मोर्चा खोलेको छ। यसै सन्दर्भमा भाजपाका महिला सांसदहरूको एउटा प्रतिनिधिमण्डलले आज दिउँसो लगभग एक बजी राष्ट्रपति द्रौपदी मुर्मुसँग भेट गर्नेछ। पार्टीका एक नेताले यो जानकारी दिएका हुन्।

सूत्र अनुसार, प्रतिनिधिमण्डलले राष्ट्रपति समक्ष यो विषय उठाउँदै कारबाहीको माग गर्न सक्नेछ। यसअघि १२ अक्टोबरमा भाजपा महिला मोर्चाले यसै विषयलाई लिएर दिल्ली स्थित कांग्रेस मुख्यालय बाहिर प्रदर्शन गरेको थियो।

अंगोमचा बिमोल अकोइजाम मणिपुरको इनर मणिपुर लोकसभा निर्वाचन क्षेत्रबाट निर्वाचित कांग्रेस सांसद हुन्। उनी जेएनयूमा प्राध्यापक समेत रहिसकेका छन्। विश्वविद्यालयका केही छात्राहरूले उनी विरुद्ध यौन दुर्व्यवहार सम्बन्धी उजुरी दर्ता गराएका थिए। ती उजुरीमाथि विश्वविद्यालयको आन्तरिक समितिले छानबिन गरेको थियो। त्यसपछि ९ अक्टोबरमा जेएनयूले उनलाई सेवाबाट बर्खास्त गरेको थियो।

दिल्ली पुलिसले ११ अक्टोबरमा प्राप्त उजुरीका आधारमा प्राथमिकी (एफआईआर) समेत दर्ता गरेको छ। अर्कोतर्फ, अकोइजामले आफूमाथि लगाइएका आरोपहरू अस्वीकार गर्दै विश्वविद्यालयको छानबिन प्रक्रियामाथि प्रश्न उठाएका छन्। भाजपाका महिला सांसदहरूको उद्देश्य यस विषयलाई देशको सर्वोच्च संवैधानिक पदमा आसीन राष्ट्रपति समक्ष उठाउनु रहेको छ। यस मामिलालाई लिएर राजनीतिक आरोप-प्रत्यारोप तीव्र भइरहेका बेला यो भेट हुन लागेको हो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande