विश्व संकटबाट गुज्रिरहेको छ, भारत ‘पावर टू एम्पावर’ को सोचका साथ अघि बढ़िरहेको छ : प्रधानमन्त्री मोदी
प्रधानमंत्री कार्यक्रम को संबोधित करते हुए


नयाँ दिल्ली, १३ अक्टोबर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले संकटबाट गुज्रिरहेको विश्वमा भारत फरक दृष्टिकोण र सोचका साथ काम गरिरहेको बताएका छन्। यसको केन्द्रमा ‘पावर टू एम्पावर’ विचार रहेको उनले बताए। भारत आज विश्वव्यापी कल्याण र विश्वासको पर्याय बनेको पनि उनले उल्लेख गरे। यसका साथै प्रधानमन्त्रीले भारतको लोकतान्त्रिक शक्ति र विभिन्न विषयमा खुला छलफल गर्ने परम्परालाई रेखाङ्कित गर्दै वर्तमान समयमा डिजिटल प्रविधिले यसमा महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए।

प्रधानमन्त्री मोदीले मंगलवार ब्लुमबर्ग न्यु इकोनोमिक फोरममा भारतको लोकतान्त्रिक विमर्श, डिजिटल समावेशीकरण तथा विश्वव्यापी चुनौतीहरूको सामना गर्ने दृष्टिकोण प्रस्तुत गरे। विश्वभरिबाट आएका सहभागीहरूलाई स्वागत गर्दै उनले यस मञ्चमा प्रविधि, ऊर्जा र विश्वव्यापी विषयहरूमा छलफल हुने बताए। यस वर्ष पहिलो पटक भारतमा आयोजना भइरहेको यस कार्यक्रमका लागि उनले ब्लुमबर्ग र यसको टोलीलाई बधाई दिए।

विश्वव्यापी चुनौतीहरूको उल्लेख गर्दै प्रधानमन्त्रीले विश्वलाई एक-आपस्तमा जोड्ने माध्यमहरूलाई अहिले हतियारका रूपमा प्रयोग गर्न थालिएको बताए। आपूर्ति शृङ्खला, ऊर्जा, खनिज र प्रविधि दबाब सिर्जना गर्न तथा प्रभुत्व स्थापित गर्न प्रयोग भइरहेका उनले बताए। यस्तो समयमा भारतले विश्व सामू विश्वाससँग सम्बन्धित महत्त्वपूर्ण प्रश्नहरूको समाधान प्रस्तुत गरिरहेको पनि उनले उल्लेख गरे।

मोदीले भारतले अन्तरराष्ट्रिय सौर्य गठबन्धन, विपद्-प्रतिरोधी पूर्वाधारका लागि गठबन्धन, बिग क्याट एलायन्स, विश्वव्यापी जैविक इन्धन गठबन्धन, भारत-मध्यपूर्व-युरोप आर्थिक कोरिडोर तथा मिशन लाइफ जस्ता पहलहरू विश्व सामू प्रस्तुत गरेको बताए। उनले यी पहलहरूबाट व्यापक स्तरमा मानिसहरू लाभान्वित हुनसक्ने उल्लेख गरे।

उनले आज तथ्याङ्क, ज्ञान र नवाचार शक्तिका प्रमुख स्रोत बनेको बताए। महत्त्वपूर्ण कुरा यी स्रोतहरूको प्रयोग कसरी गरिन्छ भन्ने रहेको उनले उल्लेख गरे। यहीँबाट 'पावर टू एम्पावर’ विचार अघि आउने उनले बताए। यो भारतीय परम्पराको हिस्सा रहँदै आएको र भारतले यसलाई शासन व्यवस्था तथा कार्यसंस्कृतिमा समेत लागू गरेको प्रधानमन्त्रीले बताए।

मोदीले भारतमा १०० भन्दा बढ़ी भाषा, ८० हजारभन्दा बढ़ी समाचारपत्र तथा अन्य प्रकाशन र एक हजारभन्दा बढ़ी सेटेलाइट टेलिभिजन च्यानल रहेको बताए। देशमा युट्युब र इन्स्टाग्रामका ५०–५० करोड़भन्दा बढ़ी प्रयोगकर्ता रहेको पनि उनले उल्लेख गरे। लोकतान्त्रिक बहसमा डिजिटल माध्यमहरूको भूमिका निरन्तर बढ़िरहेको उनले बताए।

प्रधानमन्त्रीले विदेशी पाहुनाहरूलाई भारतको डिजिटल भुक्तानी प्रणाली प्रयोग गरेर हेर्न आग्रह गरे। उनले यस प्रणालीले प्रविधिको समावेशीकरणको शक्ति प्रदर्शन गर्ने बताए। डिजिटल भुक्तानीको माध्यमले सड़क किनारमा ठेला चलाउने विक्रेतादेखि महँगा व्यापारिक प्रतिष्ठान सञ्चालन गर्ने व्यवसायीसम्मलाई एउटै प्रणालीमा जोड्ने उनले उल्लेख गरे।

नवाचारका बढ्दो अवसरहरूको चर्चा गर्दै प्रधानमन्त्रीले साल २०१४ अघि देशमा थोरै सङ्ख्यामा मात्र स्टार्टअप रहेको बताए। अहिले भने त्यस्ता उद्यमहरूको सङ्ख्या दुई लाख ५० हजारभन्दा बढ़ी पुगेको उनले उल्लेख गरे। देशमा अधिकाधिक प्रतिभाहरू अगाड़ी आइरहेको र नवाचारका अवसरहरू निरन्तर बढ़िरहेको उनले बताए।

प्रधानमन्त्रीले भारतको विदेशी मुद्रा सञ्चिति ७०० अरब अमेरिकी डलर पुगेको र देशको ब्याङ्किङ प्रणाली बलियो रहेको जानकारी दिए। भारतमा सुधारको प्रक्रिया तीव्र गतिमा अघि बढ़िरहेको उल्लेख गर्दै उनले यी सुधारहरू कुनै दबाबमा नभई दृढ़ विश्वासका साथ गरिँदै आएको बताए।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande