लाचुङमा आपदा प्रबन्धन सम्बन्धी मक ड्रिल सम्पन्न
कृत्रिम अभ्यासको फोटो


लाचुङ, 13 अक्टोबर (हि.स.)। आपदाको समयमा विभिन्न निकायको तयारी, समन्वय र प्रतिक्रिया क्षमताको मूल्याङ्कन गर्न चुङ्थाङका महकुमा (एसडीएम) अधिकारी अरुण छेत्रीको निरीक्षणमा लाचुङस्थित एउटा होटलमा आपदा प्रबन्धन सम्बन्धी मक ड्रिल सम्पन्न गरियो।

यस अभ्यासमा एसडीपीओ चुङ्थाङ चन्दन छेत्री, 327 फिल्ड अस्पतालका कमान्डिङ अफिसर अब्राहम लालछानाका साथै राष्ट्रिय आपदा प्रतिक्रिया बल (एनडीआरएफ), दमकल विभाग, लाचुङ पुलिस चौकी र चुङ्थाङ महकुमाको आपदा व्यवस्थापन टोलीका सदस्यहरूको सहभागिता रहेको थियो।

यस अभ्यासको उद्देश्य विभिन्न निकायबीचको समन्वयलाई सुदृढ़ पार्नु, आपतकालीन प्रतिकार्य संयन्त्रहरूको मूल्याङ्कन गर्नु र आपदाको अवस्थामा अपनाउनुपर्ने प्रक्रियाहरूबारे सहभागी टोलीहरूलाई जानकारी गराउनु रहेको थियो साथै यस अभ्यासले उद्धार, सुरक्षित स्थानमा स्थानान्तरण र आपतकालीन प्रतिकार्यका कार्यहरू सञ्चालन गर्न सम्बन्धित निकायहरूको तयारीको मूल्याङ्कन गर्ने अवसर पनि प्रदान गर्‍यो।

विशेषगरी लाचुङजस्तो जोखिमपूर्ण पहाड़ी क्षेत्रमा आपदाका बेला हुने जनधनको क्षति न्यूनीकरण गर्न तयारी, समयमै प्रतिक्रिया र सबै सरोकारवालाबीच समन्वयात्मक प्रयासको महत्त्वलाई यस अभ्यासले उजागर गरेको बताइएको छ।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande