
नयाँ दिल्ली, 13 अक्टोबर (हि.स.)। दिल्ली नगरनिगम (एमसीडी) मा स्थायी समितिकी अध्यक्ष सत्य शर्माले निगमको प्रत्येक वार्डमा महिला पार्क विकसित गर्ने दिशामा पहल गर्दै मङ्गलवार अतिरिक्त आयुक्त सञ्जीव मित्तल र बागवानी विभागका अधिकारीहरूसँग बैठक गरिन्।
स्थायी समितिकी अध्यक्ष सत्य शर्माले दिल्ली नगरनिगमको हरेक वार्डमा महिला पार्क विकास गर्ने पहल गर्दै बागवानी विभागका अधिकारीहरूलाई आवश्यक निर्देशन दिइन्। महिलाहरूलाई सुरक्षित, सुविधाजनक एवं अनुकूल वातावरणमा बिहान-साँझ हिँड़डुल गर्न अनि समय बिताउनको लागि राम्रो ठाउँ उपलब्ध गराउनु आवश्यक रहेको उनले बताइन्।
सत्य शर्माले यस सम्बन्धमा अतिरिक्त आयुक्त सञ्जीव मित्तल एवं बागवानी विभागका अधिकारीहरूसँग बैठक गरिन्। उनले सबै जोनहरूमा सर्वेक्षण गर्ने निर्देश दिइन् ताकि यस्ता पार्क अनि स्थानहरूलाई चिन्हित गर्न सकियोस् जहाँ महिला पार्क विकासित गर्न सकिन्छ। उनले अधिकारीहरूलाई प्रत्येक वार्डमा महिला पार्क विकासित गर्ने सम्भावनाहरूको मूल्याङ्कन गर्न र आवश्यक कदम चाल्न आग्रह पनि गरिन्।
बैठकमा निगमका पार्कहरूमा वर्षा जल संचयन प्रणाली स्थापित गर्नेमाथि पनि जोड़ दिइयो। सत्य शर्माले निर्देश दिइन्, प्रत्येक वार्डका पार्कहरूमा वर्षा जल संचयन प्रणाली स्थापना गर्ने सम्भाव्यता मूल्याङ्कन गरियोस् ताकि वर्षाको पानी संरक्षण गर्न र भूजल स्तरमा सुधार ल्याउने दिशामा योगदान पुऱ्याउन सकियोस्।
यसबाहेक बैठकमा रूखहरूको छटाइ, हरियो फोहोरको उचित व्यवस्थापन एवं नियमित रखरखाउ जस्ता विषयहरूमा पनि चर्चा गरियो। उनले अधिकाारीहरूलाई निर्देश दिइन्, पार्कहरूको सफाई र मरम्मत- सम्भारमा विशेष ध्यान दिइयोस् अनि हरियो फोहोरको उचित निस्तारण सुनिश्चित गरियोस्।
स्थायी समितिकी अध्यक्षले पार्कहरूमा नागरिकहरूकोका सुविधाको लागि हिँड़डुल गर्नको लागि ट्र्याक विकसित गर्ने आवश्यकतामथि बल दिइन्। उनले भनिन्, पार्कहरूलाई राम्रो र सुविधाजनक बनाउनको लागि आवश्यक कदम उठाइयोस् ताकि नागरिकहरूलाई सफा, हरियाली एवं श्रेष्ठ सार्वजनिक स्थान उपलब्ध होस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा