
मुम्बई, 13 अक्टोबर (हि.स.)। महाराष्ट्रको छत्रपति सम्भाजी नगर जिल्लाको नासिक-छत्रपति सम्भाजी नगर राजमार्गमा नन्दगाउँ शिवर क्षेत्रमा मङ्गलवार द्रुत गतिमा गइरहेको ट्रक र मोटरसाइकलमाझ भएको भिड़न्तमा सशस्त्र सीमा बल (एसएसबी)- का एकजना जवान र उनका सहयोगीको घटनास्थलमै मृत्यु भयो। सम्भाजी नगर पुलिसले घटनाको अनुसन्धान गरिरहेको छ।
यस मामिलाको जाँच गरिरहेका पुलिस अधिकरीले बताए, बिहारमा एसएसबी जवान सोमनाथ गोरखनाथ जाधव छुट्टीमा आफ्नो पैतृक गाउँ आएका थिए। आज बिहान छुट्टीपछि सोमनाथ आफ्ना साथी हिरामन मालीसँग बिहार जानका लागि मोटरसाइकलमा मनमाड़ स्टेशनतर्फ गइरहेका थिए। यसैबीच उनको मोटरसाइकललाई नन्दगाउँ शिवर क्षेत्रमा राजमार्गको खतरनाक मोड़मा विपरीत दिशाबाट आइरहेको द्रुत गतिको ट्रकले ठक्कर दियो।
ठक्करको प्रभाव यति गम्भीर थियो कि मोटरसाइकल पूर्ण रूपले क्षतिग्रस्त छ। दुर्घटनामा दुवैजनालाई गम्भीर चोट लागेको थियो जसले गर्दा उनीहरूको घटनास्थलमै मृत्यु भयो। घटनाको जानकारी पाउनसाथ पुलिसले घटनास्थलमा पुगेर आवश्यक कानुनी कारबाही गर्दै दुवै शवलाई कब्जाम लियो अनि पछि पोस्टमर्टम गर्नको लागि पठाइदियो।
पुलिसले जवानको मृत्युको बारेमा बिहारस्थित सम्बन्धित युनिटलाई पनि सूचित गरेको छ। यस मामिलामा अनुसन्धान जारी छ।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा