प्रधानमन्त्रीले सुभाषितमार्फत देवीको दिव्य शक्ति र कृपाको महिमा उजागर गरे
प्रधानमंत्री नरेन्द्र मोदी (फाइल फोटो)


नयाँ दिल्ली, १३ अक्टोबर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले आज देवीको दिव्य शक्ति र असीम पराक्रमको प्रशंसा गर्दै एउटा सुभाषित साझा गरेका छन्। उनले नवरात्रिको तेस्रो दिन साहस, शान्ति र दिव्य शक्तिकी देवी माता चन्द्रघण्टाको पूजा-अर्चना गरेका छन्।

प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समा एउटा श्लोक साझा गर्दै लेखेका छन्, 'त्वं वैष्णवी शक्तिरनन्तवीर्य विश्वस्य बीजं परमसि मया। सम्मोहितं देवी सर्वमेतत् त्वं वया भुवि मुक्तिहेतुः।।'

यसको अर्थ हो, “हे देवी! तपाईं वैष्णवी शक्ति हुनुहुन्छ। अनन्त पराक्रमले सम्पन्न तपाईं नै सम्पूर्ण विश्वको मूल कारण हुनुहुन्छ। यो सम्पूर्ण जगत् तपाईंद्वारा नै नियन्त्रित छ र तपाईं प्रसन्न हुँदा पृथ्वीका सबै प्राणीका लागि मुक्तिको मार्ग प्रशस्त हुन्छ।”

प्रधानमन्त्रीले भनेका छन्, “नवरात्रिको आजको दिन साहस, शान्ति र दिव्य शक्तिकी देवी माता चन्द्रघण्टालाई हात जोडेर नमन गर्दछु। उहाँको कृपाले सबैको कल्याण होस्। सबैको जीवन सुख, सौभाग्य र सफलताले सधैँ समृद्ध रहोस् भन्ने मेरो मङ्गलकामना छ।”

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande