
कोलकाता, 15 अक्टोबर (हि.स.)। पश्चिम बङ्गालमा बिहीवार मौसम मुख्यतया सफा र घमाइलो रहने अनुमान गरिएको छ। यद्यपि, दिउँसो वा साँझको समयमा राज्यका केही ठाउँहरूमा हल्का वर्षा वा मध्यम वर्षा हुनसक्छ। केही क्षेत्रहरूमा मेघ गर्जनसितै वर्षा हुनसक्छ। दिउँसो घाम र आद्रताको कारणले मानिसहरूलाई महसूस हुनसक्छ।
मौसमको पूर्वानुमान अनुसार राज्यमा अधिकतम तापक्रम 33 डिग्री सेल्सियस र न्यूनतम 24 देखि 26 डिग्री सेल्सियसबीच रहने सम्भावना छ। आद्रताको स्तर 68 देखि 75 प्रतिशत लगभग रहनसक्छ। यसबाट वातावरणमा आद्रतका कायम रहने अनुमान लगाइएको छ।
कोलकाता एवं छेउछाउका दक्षिण बङ्गालका जिल्लाहरूमा दिउँसो घाम लाग्नको साथै आद्रता रहने सम्भावना छ। हावडा, हुगली, उत्तर एवं दक्षिण 24 परगना, पूर्व र पश्चिम मेदिनीपुर, झारग्राम, बाँकुड़ा, पुरुलिया, पूर्व एवं पश्चिम बर्धमान, बीरभूम, मुर्शिदाबाद अनि नादियामा पनि मौसम गर्मी र आद्रतापूर्ण रहनसक्छ। यी क्षेत्रहरूका कतिपय ठाउँहरूमा हल्का वर्षा अथवा मेघ गर्जनसितै वर्षा हुनसक्छ।
दार्जीलिङ, कालेबुङ, जलपाईगुडी, अलिपुरद्वार, कुचबिहार, उत्तर र दक्षिण दिनाजपुर अनि उत्तर बङ्गालको मालदामा स्थानीय अवस्था अनुसार मौसम परिवर्तन हुने सम्भावना छ।
दिउँसो हल्का घामसितै मौसम गरम रहन सक्छ। दिउँसो र साँझको बीचमा केही ठाउँहरूमा हल्का वर्षा वा गर्जनसितै वर्षा हुने सम्भावना छ। भिन्न-भिन्न स्थानहरूमा वर्षा हुने सम्भावना 15 देखि 50 प्रतिशत रहेको बताइएको छ।
हावा मुख्यतया उत्तर-पूर्व दिशाबाट चल्नसक्छ। यसको गति लगभग पाँचदेखि आठ किलोमिटर प्रतिघण्टा हुने अनुमान गरिएको छ। समग्रमा, पश्चिम बङ्गालमा आज मौसम गर्मी अनि आद्रतापूर्ण रहने सम्भावना छ, जबकि हल्का वर्षाले केही क्षेत्रहरूमा अस्थायी राहत दिलाउन सक्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा